अनेसास बेल्जियमले मोती जयन्ती मनाउदै

0

लुभेन, २ असोज । युवाकवि मोतीराम भट्टको १५० औँ जन्मजयन्ती आगामी २० सेप्टेम्वर आइतवार स्थानीय लुभेनमा कवि गोष्ठीको आयोजना गरी मनाइने भएको छ ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा हुने उक्त जन्मजयन्तीमा उपस्थितिका लागि यहाँको नेपाली समुदायलाई समाजले हार्दिक निमन्त्रणा गरेको छ । युवाकविको स्मरणका साथै रचना वाचन पनि हुने भएकोले स्रष्टाहरुलाई रचनाका साथ उपस्थित हुन अनुुरोध पनि गरिएको छ ।  कार्यक्रम लुभेनको डीएफसी रेष्टूरेण्टको बैठक कक्षमा अपरान्ह ५ वजेदेखि हुने कुरा जानकारीमा आएको छ ।

Leave A Reply

Your email address will not be published.