राहत वितरणमाथि अनुसन्धान

0

बनेपा, २ असोज । काभ्रेपलाञ्चोकमा भूकम्पपछि विभिन्न सङ्घसंस्थाले वितरण गरेको राहतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अनुसन्धान अधिकृत आनन्द थापासहितको टोलीले तीन दिनयतादेखि गाविस र विभिन्न नगरपालिकासँग सोधपुछ गरिरहेको निमित्त प्रजिअ अर्जुनकुमार शर्माले जानकारी दिनुभयो ।
भूकम्पपछि गाविसमा पठाइएको रु चार लाख ५० हजार, मृतकका परिवारलाई वितरण भएको रु ४० हजार, वितरण गरिएका सामग्री र अस्थायी टहरा निर्माण गर्न दिइएको रु १५ हजार रकमका बारेमा सरोकार भएका विभिन्न सरकारी कार्यालयसँग टोलीले जानकारी लिएकोस्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले जानकारी दिनुभयो ।
उहाँले भूकम्प प्रभावित १४ वटै जिल्लामा राहत वितरणका विषयमा अनुगमन तथा अनुसन्धान गर्न सरकारले टोली खटाएको उल्लेख गर्दै जिल्लाका झन्डै एक दर्जन गाविसमा पठाइएको राहत सामग्री र वितरण गरिएको रकमको कागजातसमेत अध्ययन भइरहेको बताउनुभयो । टोलीले खास गरी बूढाखानी, रविओपी, सापिङ फोक्सिङटार, शिखरआम्बोटे, खहरेपाँगु, साल्धारा बोल्देफेदिचेलगायत गाविसको कागजातसमेत अध्ययनका लागि माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.