कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीको बचत अपचलन विरूद्धको अभियोगमा मुद्दा खेपी रहेका रास्वपा सभापति रबि लामिछाने सहित सात जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार रवि लामिछाने सहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएका हुन्। अदालतले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई ६५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ।
८४ दिन देखि कास्की प्रहरिको हिरासतमा रहेका लामिछाने धरौटी बुझाएर रिहा भए पनि अन्य जिल्लामा बिचराधीन मुद्दाका लागि फेरी अदालतमा उपस्थित हुनेछन ।
त्यसैगरी पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।