राजभण्डारीको नेतृत्वमा ८१ जना राप्रपामा प्रवेश

0

काठमाडौं, २ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) समानान्तरका सहअध्यक्ष दीलविकास राजभण्डारीको नेतृत्वमा ८१ जना कार्यकर्ता आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ । यहाँ आयोजित कार्यक्रममा राप्रपाका पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले उहाँहरूलाई पार्टी प्रवेश गराउँदै मुलुकको राष्ट्रियता, सामाजिक एकता कमजोर भइरहेको अहिलेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले मुलुकको सङ्क्रमणकाल अन्त्य गर्न संविधान जारी गर्नुको विकल्प नरहेको बताउँदै संविधानप्रति केही दलको असन्तुष्टिका कारण तराईमा भइरहेको आन्दोलनलाई वार्ताबाट समाधान गर्न ठूला दलका शीर्ष नेतृत्वले संविधान जारी भएपछि संवेदनशील भएर लाग्नुपर्ने बताउनुभयो ।
पार्टीमा प्रवेश गरेका राजभण्डारीले थरुहट, मधेस, जनजाति, पिछडिएका वर्गलाई समेट्न सक्ने राजनीतिक नेतृत्वको मुलुकमा खाँचो रहेको औँल्याउँदै जनताको सेवालाई नै केन्द्रविन्दुमा निष्ठापूर्वक राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पार्टीका महामन्त्री दीपक बोहराले आइतबार संविधान जारी भएपछि मुलुकमा नयाँ राजनीतिक संस्कारको विकास हुने विश्वास व्यक्त गर्दै संविधानमा असन्तुष्ट भएका शक्तिले लोकतान्त्रिक मूल्य, मान्यता र वार्ताको प्रक्रियाबाट समाधान खोज्नुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.