नेपाली ब्यबसायी संघ बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न
रांस्त शहरका मेयरले शुभकामना दिदै भने, नेपाली खाना मिठो लाग्छ,
नेपाली ब्यबसायी संघ बेल्जियमले बर्तमान कार्यकालको समिक्षा र आगामी कार्ययोजनाबारे छलफल गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संघको बर्तामान कार्यसमितिले प्रतिबद्धता गरेका योजना र काम बारे सचिब बाबुराम शर्मा र आर्थिक गतिबिधी बारे कोषाध्यक्ष भुवन सुबेदीले प्रस्तुत गर्नु भएको प्रतिबेदनमा छलफल र सुझाब प्रस्तुत गरिए भने नेपाली ब्यबासायी संघको युरोपियन संजाल बनाउने, त्यसको बिधान लोगो लगायतका बिषयलाई सामांजस्यता गर्ने बिषयलाई लिएर पनि सहभागिहरुले सुझाब दिएका थिए ।
युरोपमा नेपाली सामाग्रीको प्रबर्धन गर्न नेपाली ब्यबसायीहरुले गर्न सक्ने गतिबिधी र ब्याबसायिक दाँयारा र नेबाबका सदस्यहरुका हकहितका बारेमा पनि नेबाब पदाधिकारी र सहभागिहरुले ब्यापक छलफल गरेका थिए ।
नेबाबका उपाध्यक्ष कासी दनैले स्वागत गरेर सुरु भएको कार्यक्रममा रांस्त शहरका मेयर बार्त बोरिस उपस्थित भएर साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।
नेबाबका संस्थापक राधाक्रिष्ण अधिकारी प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएनए अध्यक्ष सीता सापकोटा, पूर्व अध्यक्ष गंगाधर गौतम, प्रेम गुरुङ,लोक दाहाल , चित्र सुबेदीले साधारण सभाको सफलताको शुभकामना दिनुभएको थियो ।
नेबा युरोप संयोजक एबम नेबाबका निबर्तमान अध्यक्ष यामु निरौला, महासचिब मदन दवाडी, नेबा नेदरल्यान्डका अध्यक्ष संघर्षसिल केसी, नेपाली जन प्रगतिशिल मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, लगायतले नेबाबलाई आफ्ना सुझाब सहित् शुभकामना दिनुभएको थियो ।
नेबाबकी सचिब रिचा गुरुङले संचालन गर्नु भएको कार्यक्रम नेबाब अध्यक्ष चिरन कुमार खवास को सभापतित्वमा भएको थियो ।