नवलपुर समाज बेल्जियमको अधिबेशन सम्पन्न, नरहरी सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति

डिल्लि अंम्माई, एन्तवेरपेन ,

0

नवलपुर समाज बेल्जियमले यहि जनवरी ६ तारिक २०२५ को दिन बेल्जियमको शैक्षिक शहर लुभेनमा भब्य रुपले आफ्नो अधिवेशन सम्पन्न गरेको छ।

समाजका अध्यक्ष विजय मल्लको सभापतित्वमा भएको अधिबेशनको विशिष्ट अतिथिमा एआईएफ भिजेडवेका शैक्षिक विभागकी सोफी दि पेस्टेल रहेकी थिइन भने एनआरएनए बेल्जियमकि अध्यक्ष सीता सापकोटा प्रमुख अतिथि रहेकी थिइन्। त्यहि दिन अर्को कार्यक्रमपनि भएकोले एनआरएनए अध्यक्ष अधिवेशनबाट छिटो जानु परेको थियो।

अधिवेशनमा जन सम्पर्क समिति,नेपाली कलाकार संघ,चितवन सहायता समाज,अनेसास लगायत धेरै संघ संस्थाका प्रतिनिधिहरुले अधिवेशन सफलताको कामना गर्दै निर्वाचित नयाँ कार्यसमितिलाई बधाई दिए। नवलपुर समाजका सदस्य डिल्ली अम्माइले उपस्थित सबैलाई स्वागत गरे भने बिशिष्ट अतिथी सोफी र नवलपुर समाजका अध्यक्ष बिजय मल्लले पानसमा बत्ति बालेर अधिवेशनको उद्घाटन गरेका थिए। त्यसपछि नेपाल र बेल्जियमको राष्ट्रिय गान बजाइएको थियो।

एनआरएनए बेल्जियमको पूर्व कोषाध्यक्ष लगायत बिभिन्न सामाजिक कामको नेत्रित्व गरिसकेका नरहरि सापकोटाको नेतृत्वमा नवलपुर समाज,बेल्जियमको नयाँ कार्य समिति घोषणा गर्दै अधिवेशन सम्पन्न भएको छ। अघिल्लो कार्य समितिमा उनि महासचिव थिए। अधिवेशनले उपाध्यक्षमा दिनेश पाठक,महासचिवमा टिकाराम सापकोटा,सचिव बिष्णु सापकोटा र कोषाध्यक्षमा कमल सापकोटालाई चयन गरेको छ।

उक्त समितिको सदस्य पदमा क्रमश राम बहादुर पुन मगर,गोबिन्द तिमल्सेना,रिता श्रेष्ठ,प्रदिप सुबेदी,टंक न्यौपाने,बिशाल महतो,केशव पाठक,हरि सापकोटा,शान्ति कंडेल काफ्ले र बिमला श्रेष्ठ रहेका छन्।

नयाँ समिति चयन गर्नको लागि अधिवेशनले तिन सदस्यीय निर्वाचन मण्डल घोषणा गरेको थियो। झलक केसी संयोजक रहेको निर्वाचन समितिको सदस्यहरुमा दिनेश भण्डारी र माधव सापकोटा रहनु भएको थियो ।

अधिवेशनको निर्वाचन मण्डलले नयाँ कार्यसमिती संगै चार जना सल्लाहकारको समेत घोषणा गरेको छ। उक्त सल्लाहकार समितिमा समाजका संस्थापक अध्यक्ष अमृत प्रधान,रमेश सापकोटा,राम पुन र डिल्ली अम्माई रहेका छन्।

निर्वाचन संयोजक झलक केसीले निर्वाचित समितिलाई सपथ गराएर पद भार हस्तान्तरण समेत गराएको थियो। त्यस्तै अधिवेशनले संगठनको आर्थिक तथा संगठनात्मक प्रतिबेदन ध्वनि मतबाट पास गरेको गरेको छ भने बिधानको आबस्यकता अनुशार अध्याबधि गर्ने जिम्मा बार्षिक भेलालाई दिने निर्णय गरेको छ।

Leave A Reply

Your email address will not be published.