भारतको सुझाव मान्नुपर्छ भन्ने छैनः मन्त्री सिंह

0

काठमाडौं, २ असोज । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहंले त्याग र निष्ठाको राजनीति गर्नुहुने विर गणेशमान सिहंको जतिनै चर्चा गरे पनि कमि हुने बताएका छन । गणेशमान सिहंको १८ औं स्मृती दिवसका अवसरमा सोभा भगवतीमा रहेको शलिकमा माल्यार्पण कार्यक्रममा उनले गणेशमान युगौंसम्म अमर रहने बताए । उनले संविधान जारी हुने दिन नजिकिदै गइरहेका बेला भारतले दिएको सुझाब सबै मान्नु नपर्ने समेत बताए । मुलुकको अनुकुलता हेरी ठिक–बेठिक छुट्याएर अघि बढ्ने र भारतले दिएको सबै सुझाब मान्नु नपर्ने उनको जिकीर थियो । गणेशमान सिहं फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले नयाँ संविधान जारी हुने समयमा देशभर दिपावली गर्न समेत सुझाव दिए ।

Leave A Reply

Your email address will not be published.