नयाँ शक्ति पार्टी घोषित

काठमाडौं । नयाँ शक्ति नेपालले पार्टी स्थापनाको औपचारिक घोषणा गरेको छ । स्थानीय दशरथ रङ्गशालामा आयोजित एक समारोहका बीच नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले पार्टी सदस्यलाई सपथ खुवाउँदै नयाँ शक्ति घोषणा गर्नुभएको हो । पार्टी घोषणा…

नेविसङ्घको महाधिवेशन काठमाडौंमा

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन काठमाडौँमा हुने भएको छ । नेवि सङ्घको केही दिनदेखि जारी केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले काठमाडौँमा महाधिवेशन गर्नुपर्ने सुझाव दिएपछि काठमाडौँमा गर्न लागिएको सङ्घका प्रवक्ता…

विप्लव माओवादीद्वारा वर्ड भिजनको कार्यालयमा आगजनी

नुवाकोट । भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा गएराति आगजनी भएको छ । आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ । गएराति १२:३० बजे तीन जनाको समूहले विदुर…

आधिकारिक ट्रेड युनियनका महासचिवमा देवकोटा

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनको महासचिवमा अध्यक्ष सुबोधकुमार देवकोटालाई पठाउने निर्णय गरेको छ । आधिकारिक ट्रेड युनियनका महासचिवमा अध्यक्ष देवकोटालाई पठाउने सर्वसम्मत निर्णय भएको र…

नयाँ शक्तिमा एक लाख संस्थापक सदस्य हुने

काठमाडौं । दशरथ रङ्गशालामा मध्याह्न सुरु हुने नयाँ शक्ति नेपालको उद्घाटन अघि राजधानीका चार स्थानबाट पदयात्रा सुरु भएको छ । कालीमाटी, रत्नपार्क, बबरमहल र कुपण्डोलबाट सुरु भएको पदयात्रा दशरथ रङ्गशालामा प्रवेश गरी सभामा परिणत हुनेछ ।…

सरकारले स्थानीय निर्वाचन गराउन सक्दैन : यादव

काठमाडौ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानले विभेदमा परेका वर्ग तथा समुदायका साथै मधेसी, आदिवासी जनजातिलाई सामाजिक न्याय दिन नसकेको बताउनुभएको छ । पार्टी निकट नेपाल बौद्धिक पेसाकर्मी महासङ्घले आज यहाँ आयोजना…

काँग्रेस सरकार परिवर्तनको पक्षमा छ : डा कोइराला

भक्तपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेस सरकार परिवर्तनको पक्षमा भएको बताउनुभएको छ । नेपाल स्वास्थ्यकर्मी सङ्घको राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले काँग्रेस सधैं प्रतिपक्षमा नबस्ने स्पष्ट गर्नुभयो ।…

काँग्रेस केसमा तीन मनोनीत

काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार तीन जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । मनोनीत हुनेमा बर्दियाका किशोरसिंह राठौर, झापाका केशवकुमार बुढाथोकी र महोत्तरीका श्यामकुमार घिमिरे रहनुभएको पार्टी…

नेपाल विदेशीको इसारामा कहिल्यै चल्दैन : प्रधानमन्त्री ओली

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अरु कसैले अराउ खटाउ गर्ने देश नभएको बताउनुभएको छ । आज नेकपा (एमाले) दमकको १०औँ नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री ओलीले नेपाल स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र…

रतुवा पुलको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओली दमक–१ स्थित रतुवा खोलादेखि इलामको चुलाचुली जोड्ने रतुवा पुलको शुक्रबार बिहान शिलान्यास गर्नुहुँदै ।