धनगढी र टीकापुर सामान्य बन्दै

0

धनगढी, १७ भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको कर्फयुको समय घटाएसंगै लगातारको निषेधाज्ञाबाट प्रभावित जनजीवन केही सामान्य बन्न थालेको छ । निषेधाज्ञाको समय घटाएसँगै धनगढी र टीकापुरमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ । स्थानीय प्रशासनले धनगढीमा दैनिक चार घन्टा र टीकापुरमा बिहानको समयमा निषेधाज्ञा फुकुवा गरेपछि जनजीवन सामान्य बन्न थालेको हो ।
निषेधाज्ञाको समय छोट्याउँदै स्थानीय प्रशासनले धनगढीमा बिहीबार मध्याह्न १२ बजेबाट अपराह्न ४ सम्म निषेधाज्ञा जारी गरेको छ । यसैगरी टीकापुर नगर क्षेत्रमा लगाइएको २४ घन्टे निषेधाज्ञाको समय बिहानको समयमा फुकुवा गरिएको छ । टीकापुरमा बिहान ७ देखि ११ बजेसम्म निषेधाज्ञा फुकुवा गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.