सरकारी गाडी तोडफोड

0

सप्तरी, १७ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दका क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले आज राजविराजमा जिल्ला भूसंरक्षण र जिल्ला शिक्षा कार्यालयका गाडीमा तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारीले राजविराज–५ स्थित भूसंरक्षण कार्यालयमा नारा जुलुस गर्दै कार्यालयभित्र पसेर सवारी साधनमा आगजनी गरेका हुन् । प्रदर्शनकारीले कार्यालयमा रहेका केही फर्निचरसमेत तोडफोड गरेको कर्मचारी बुदिलाला खँगले बताउनुभयो ।
त्यस्तै प्रदर्शनकारीले आजै राजविराज–८ स्थित जिल्ला शिक्षा कार्यालय परिसरमा रोकिराखिएको बा १ झ ४७६८ नंको गाडीमा तोडफोड गरी आगजनी गरेका छन् । तोेडफोड र आगजनीबाट गाडीमा क्षति पुगेको सो कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.