महन्थ र उपेन्द्र चाकडीका लागि काठमाडौं गए : महतो

0

नवलपरासी, १७ भदौ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ‘महन्थ ठाकुर र उपेन्द्र यादव सत्ताधारी दलहरुको चाकडीका लागि काठमाडौं गएको’ आरोप लगाएका छन् । विहीबार नवलपरासीमा सन्चारकर्मीसँग कुरा गर्दै उनले ‘वार्ता हुने भए तराईमै गर्नुपर्ने अडान छाडेर ठाकुर र यादव काठमाडौं जानुको अर्थ चाकडी बाहेक अरु केही नभएको’ बताए । महतोले काठमाडौंको मोह त्यागेर आन्दोलनमा फर्कन पनि ठाकुर र यादवलाई आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.