आङकाजी शेर्पा पक्राउ

0

काठमाडौं, १७ भदौ । जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । सामाजिक सन्जालमा सामाजिक सद्भाव बिथोल्ने किसिमका सामाग्रीहरु सम्प्रेषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई बौद्धबाट पक्राउ गरेको जनाइएको छ । शेर्पाले गृहमन्त्री बामदेव गौतमलाई फाँसी दिने र सभासदहरुलाई संविधानसभाभित्रै जलाउने धम्कीसहितको फेसबुक स्टाटस लेखेको बुझिएको छ । शेर्पालाई टेकुस्थित महाशाखामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.