आत्मनिर्भर बन्न आह्वान

काठमाडौं, २३ असोज । ‘हाम्रो नेपाल र राष्ट्रियता अनन्त हाम्रो सवाल’ नामक अभियानले राष्ट्रियतालाई जोगाउँदै आत्मनिर्भर बन्न आह्वान गरेको छ । सेन्ट जेभियर्स कलेजमा अध्ययनरत विद्यार्थीले सञ्चालन गरेको सो अभियानले पछिल्लो पटकको नाकाबन्दीसँगै…

ओलीद्वारा उम्मेदवारी दर्ता

काठमाडौं, २३ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको लागि उम्मेदारी दर्ता गराएका छन् । ओलीले प्रस्तावक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा राखेर उमेद्वारी दर्ता गरेका हुन् । एमाले,…

राप्रपा नेपालको साथ एमालेलाई

काठमाडौं, २३ असोज । प्रधानमन्त्रीका उमेद्वार केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको सह प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ओलीलाई एमाओवादीले पनि सर्तसहित समर्थन गर्ने जनाएको छ । कांग्रेसले भन्दा एमालेले आफुहरुले राखेको सर्तमा सहमति…

सुशील पुनः प्रधानमन्त्रीका उम्मेदवार

काठमाडौं, २३ असोज । प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेसले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार छानेको छ। अहिले केहीबेर अघि तीन शीर्ष नेताबीच भएको छलफलमा कोइरालालाई उम्मेद्वार बनाउने सहमति भएको हो । …

आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं, २३ असोज । काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोक नजिक गएराति भएको आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्युभएको छ । आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।…

ओली निवासमा वार्ता

भक्तपुर, २२ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भावी सरकार बनाउन आज ओली निवास बालकोटमा विभिन्न दलका नेताहरूबीच छलफल भएको छ । बिहानदेखि नै भएको छलफलपछि प्रतिक्रिया दिँदै एमाले वरिष्ठ नेता झलनाथ खनालले आज विभिन्न दलका…

ठुला दल एकजुट हुनुपर्ने

काठमाडौँ, २२ असोज । ठूला राजनीतिक दलले नयाँ संविधान कार्यान्वयनका लागि एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको कानुन व्यवसायीले जोड दिएका छन् । नेपाल बार एसोसिएसन, सङ्मणकालीन न्याय कानुन समिति र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सको संयुक्त आयोजनामा…

पर्यटकको चहलपहल

काठमाडौँ असनचोकको सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा परेवाको तस्बिर कैद गर्दै पर्यटक । भूकम्पपछि पर्यटकिय मौसममा राजधानीमा पर्यटकको चहलपहल देखिन थालेको छ ।

नेपाल बार एसोसिएसन

नेपाल बार एसोसिएसन, सङ्मणकालीन न्याय कानुन समिति र इन्टरनेसनल कमिसन अफ जुरिष्ट्सको संयुक्त आयोजनामा भएको ‘नेपालको संविधानमा मानवअधिकार : कार्यान्वयनका चुनौतीहरु’ विषयक छलफल कार्यक्रममा सहभागीहरु ।

नयाँ सरकारबारे काँग्रेसले उपयुक्त निर्णय लिने

काठमाडौं, २२ असोज । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले नयाँ सरकार गठनका सम्बन्धमा उपयुक्त समयमा उपयुक्त निर्णय लिने जनाएको छ । काँगे्रसको तीन दिनदेखि जारी बैठकमा पदाधिकारी एवम् केन्द्रीय सदस्यहरुको राय लिने काम सकिएको र निर्णय लिन बाँकी…