आत्मनिर्भर बन्न आह्वान

0

काठमाडौं, २३ असोज । ‘हाम्रो नेपाल र राष्ट्रियता अनन्त हाम्रो सवाल’ नामक अभियानले राष्ट्रियतालाई जोगाउँदै आत्मनिर्भर बन्न आह्वान गरेको छ । सेन्ट जेभियर्स कलेजमा अध्ययनरत विद्यार्थीले सञ्चालन गरेको सो अभियानले पछिल्लो पटकको नाकाबन्दीसँगै नेपालीले भोगिरहेको समस्याको दीर्घकालीन समाधानका लागि आत्मनिर्भर बन्न आह्वान गर्दै आज पदयात्राको गरेको छ ।
पदयात्रा कलेजबाट सुरू भएर थापाथली, प्रसूति गृह हुँदै पुनः माइतीघरमा पुगी कोणसभामा परिणत भएको थियो । यात्रामा सहभागी विद्यार्थीले ‘संसारको शिर हो यो कसैले झुकाएर झुक्दैन’, ‘म नेपाली’, ‘अनेकतामा एकता, एकतामा अनेकता, नेपालीको विशेषता’, ‘म बुझ्छु मेरो देश बद्लिँदै छ’, ‘स्वदेशी सामान खपत गरौँ विदेशी पैसा बचत गरौँ’, ‘जति सुकै प्रदेश नेपाल एउटै देश’, र ‘नेपाली माटोको ऋण नभुलौँ’ लेखिएका प्ले कार्ड बोकेका थिए ।
अभियानकर्मी तथा विद्यार्थी कविता थापाले हामी नेपालीहरू हरेक सामानको लागि अन्य मुलुकसँग भर पर्नुको सट्टा आफ््नै स्रोत साधन प्रयोग गरी आत्मनिर्भर बन्नुपर्छ भन्नुभयो । पदयात्रामा करिब २५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.