सुशील पुनः प्रधानमन्त्रीका उम्मेदवार

0

काठमाडौं, २३ असोज । प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेसले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार छानेको छ। अहिले केहीबेर अघि तीन शीर्ष नेताबीच भएको छलफलमा कोइरालालाई उम्मेद्वार बनाउने सहमति भएको हो ।  प्रधानमन्त्रीको उम्मेद्वारी चयनका लागि सहमति जुटाउन नेपाली कांग्रेसका तीन शीर्ष नेताहरूको बैठक बसेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच प्रधानमन्त्रीमा सुशील कोइरालालाई नै उम्मेद्वार बनाउने निर्णय भएको हो। जसका लागि शेरबहादुर देउवाले समर्थन गरेका थिए।
अहिले संसद्‌मा बहाल रहेको कुल सांसद संख्या ५ सय ९७ हो। यसमध्ये मधेस केन्द्रित दलका ३५ सांसद् प्रक्रियामा सहभागी छैनन्। बहुमतीय आधारमा प्रधानमन्त्री बन्नका लागि कम्तीमा २९९ मत चाहिन्छ । अहिले संसद्मा कांग्रेससँग २०७, एमालेसँग एमालेसग १ सय ८३ र एमाओवादी ८४  सांसद छन। तीन पार्टी मिलेमा दुई तिहाईभन्दा पनि बढी अत्यधिक बहुमतको सरकार बन्छ। एमालेले कांग्रेसले साथ नदिए एमाओवादीको साथ र अन्य साना दलहरुको सहयोग लिएर सरकार बनाउने कसरतमा जुटेको छ।

Leave A Reply

Your email address will not be published.