नयाँ सरकारबारे काँग्रेसले उपयुक्त निर्णय लिने

0

काठमाडौं, २२ असोज । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले नयाँ सरकार गठनका सम्बन्धमा उपयुक्त समयमा उपयुक्त निर्णय लिने जनाएको छ । काँगे्रसको तीन दिनदेखि जारी बैठकमा पदाधिकारी एवम् केन्द्रीय सदस्यहरुको राय लिने काम सकिएको र निर्णय लिन बाँकी रहेको महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो । आज सम्पन्न बैठकले नयाँ सरकारको गठनसम्बन्धी ठोस निर्णय लिन पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई जिम्मा दिने निर्णय गरेको थियो ।
तीन शीर्ष नेता नयाँ सरकार गठनसम्बन्धी निर्णय लिन छुट्टै छलफलमा जुटेपनि अन्य दलसँग पनि जरुरी छलफल गर्नुपर्ने भन्दै कुनै निर्णय भने सुनाइएन । पार्टी प्रवक्ता दीलेन्द्रप्रसाद बडूले तीन नेताबीचको परामर्श जारी रहेको भन्दै उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताउनुभयो । काँग्रेस बैठकमा अधिकांश केन्द्रीय सदस्यले काँग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा राख्नुभएको थियो भने केही पदाधिकारी र सदस्यले भने काँग्रेसले यसअघि नेकपा (एमाले) सँग गरेको सहमतिअनुसार नै अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

Leave A Reply

Your email address will not be published.