ओनसरी घर्ती पहिलो महिला सभामुख

काठमाडौं, २९ असोज । एकीकृत माओवादीकी सांसद ओनसरी घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएकी छन् । व्यवस्थापिका–संसदमा शुक्रबार नयाँ सभामुखका लागि ओनसरी र नेमकिपाकी सांसद अनुराधा थापामगरले उम्मेदवारी दिए पनि उम्मेदवारहरुबारे समर्थन जनाउनेक्रम…

अत्यावश्यक सामग्रीको आपूर्ति गर : राष्ट्रसंघ

काठमाडौं, २९ असोज । संयुक्त राष्ट्रसंघले नेपालका भूकम्प प्रभावित स्थानका बासिन्दाका लागि ठन्डी सुरु हुनुअगावै विशेष मानवीय प्रबन्ध मिलाउन सरोकारवाला सबैमा आह्वान गरेको छ । नेपालस्थित राष्ट्रसंघीय कार्यालयले आसन्न शिशिरयामअगावै भूकम्प…

एनआरएनएको सातौं विश्व सम्मेलन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सातौं अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटन कार्यक्रममा राष्ट्रपति डा रामवरण यादवलगायत सहभागीहरु सामूहिकरुपमा ।

आर्थिक समृद्धिमा एनआरएनको भूमिका महत्वपूर्ण : राष्ट्रपति

काठमाडौं, २९ असोज । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण लागि विश्वभर छरिएर रहेका नेपालीलाई आह्वान गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सातौं अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको…

सहयोग

म्याग्दी बैसरीका पहिरो पीडितहरुको सहयोगका लागि अमेरिकाको बेष्टनमा रहेका मगर समाजबाट उपलब्ध गराएको एक लाख ११ हजार ४ सय १९ रुपैयाँ हस्तान्तरण गरिँदै ।

कांग्रेसले उम्मेदवारी नदिएपछि घर्ती सभामुख

काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुख पदमा उम्मेदवारी नदिने भएको छ । शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले सभामुख र उपसभामुख पदमा हुने निर्वाचनमा तटस्थ भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।…

दुःख गर्दै दसैँ मान्न घर जाने बढे

काठमाडौँ, २९ असोज । दसैँ सुरु भएसँगै दुःख गरेर उपत्यकाबाट घर जानेहरुको सङ्ख्या बढेको छ । भारतले गरेको अघोषित नाकाबन्दीले इन्धन अभाव भए पनि छतमा बसेर समेत यात्रु यात्रा गर्न बाध्य छन् । उपत्यका भित्रिने र बाहिरिने नाका थानकोट, फर्पिङ, जगाती…

विस्फोटक पदार्थसहित महिला पक्राउ

ताप्लेजुङ, २९ असोज । ठूलो परिमाणमा विस्फोटक पदार्थसहित प्रहरीले ताप्लेजुङबाट एक महिलालाई पक्राउ गरेको छ । सर्वाधिक खोजीको सूचीमा रहेका ताप्लेजुङको इखावु गाविसका देउमान लिम्बु ‘हाराहाङ’ समूहकी ३३ वर्षीया मनकुमारी चोङवाङलाई प्रहरीले पक्राउ…

एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

काठमाडौँ, २८ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा शेष घले पुनःनिर्वाचित हुनुभएको छ । घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी हुनुभएको हो । कार्कीले २२६ मत ल्याउनुभएको छ । त्यसैगरी…

खेलमा मिलेमतो गरेकै हौं : अभियुक्तहरू

काठमाडौँ, २८ असोज । खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित अन्य चार खेलाडीले आफूहरूमाथि लागेको म्याच फिक्सिङको आरोप स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा आफूहरूमाथि लागेको आरोप उनीहरूले स्वीकार…