नौजना जुवाडे पक्राउ

जनकपुरधाम, २५ कात्तिक । जिल्ला प्रहरी कार्यालय धनुषाले गएराति जनकपुरमा जुवा खेलाउने घरमा छापामारी करिब रु साढे पाँच लाखसहित जुवा खेल्ने नौजनालाई पक्राउ गरेको छ । पक्राउ परेका नौजनाबाट प्रहरीले रु पाँच लाख ४६ हजार ७०० बरामद गरेको हो । जिल्ला…

न्युयोर्कमा सभापति कोइराला

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइराला न्युयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिकाका कार्यकर्तासँग कुराकानी गर्नुहुँदै । स्वास्थ्य उपचारका लागि सभापति कोइराला अमेरिका जानुभएको हो ।

पत्रकार सम्मेलन

नेपाल प्रेस युनियनले धनकुटामा गरेको पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले सम्बोधन गर्दै ।

अवरोध हटाउन भारतलाई औपचारिक आग्रह

काठमाडौं, २३ कार्तिक । सरकारले सीमा क्षेत्रमा भएको अवरोध हटाउन भारत सरकारलाई औपचारिक आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नजिकिँदै गरेका चाडपर्वलाई सहज बनाउन…

सरकार र मोर्चाबीचको वार्ता स्थगित

काठमाडौं, २३ कार्तिक । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगन भएको छ । मोर्चाले सरकारले आफ्ना नेता तथा कार्यकर्ता नियन्त्रणमा राखेकाले उनीहरुलाई रिहा नगरी वार्तामा बस्न नसकिने बताएको…

पुनःनिर्माण प्राधिकरणमा पुरानै नियुक्ति कायम हुनुपर्ने

काठमाडौं, २३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिमाण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अन्य कार्य र व्यवस्था झै पुरानै नियुक्ति कायम हुनुपर्ने माग गरेको छ । व्यवस्थापिका–संसद्,…

मधेसी मोर्चाद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं, २२ कार्तिक । अढाई महिना भन्दा लामो समयपछि संसद बैठकमा सहभागी मधेसी मोर्चा सम्वद्ध दलहरुले आज (आइतबार)को संसद बैठक अवरुद्ध गरेका छन् । मधेसका मागहरु सम्बोधन गर्न दबाब दिँदै मोर्चा सम्वद्ध दलका सांसदहरुले आज संसदमा रोष्ट्रम अगाडी…

काँग्रेसद्धारा संविधान संशोधन प्रस्ताव सदनमा पेस गर्न माग

काठमाडौं, २२ कार्तिक । नेपाली काँग्रेस संसदीय दलले आफ्नो दलको नेतृत्वमा रहेको सरकारले मधेस आन्दोलनलाई सम्बोधन गर्न संसद्मा दर्ता गरेको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई यथाशक्य छिटो सदनमा पेस गर्न सरकारसँग आग्रह गरेको छ । मधेस आन्दोलनलाई…

समितिमा प्राधिकरण विधेयकको प्रतिवेदन प्रस्तुत

काठमाडौं, २२ कार्तिक । व्यवस्थापिका–संसद्, विधायन समितिमा भूकम्पबाट प्रभावित संरचनाको पुनर्निमाण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ । समितिको आजको बैठकमा दफावार छलफलसम्बन्धी उपसमितिका संयोजक…

मुलुकभित्रै जुट्छ लगानी

भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि सरकारले दीर्घकालीन रुपमा जलविद्युत् क्षेत्रको विकास गर्ने रणनीति अख्तियार गर्ने भएको छ । मुलुकलाई इन्धनका आत्मनिर्भर बनाउन र वैदेशिक व्यापार घाटा कम गर्न जलविद्युत्भन्दा अर्को कुनै उपाय नभएको भन्दै…