मधेसी मोर्चाद्वारा संसद बैठक अवरुद्ध

0

काठमाडौं, २२ कार्तिक । अढाई महिना भन्दा लामो समयपछि संसद बैठकमा सहभागी मधेसी मोर्चा सम्वद्ध दलहरुले आज (आइतबार)को संसद बैठक अवरुद्ध गरेका छन् । मधेसका मागहरु सम्बोधन गर्न दबाब दिँदै मोर्चा सम्वद्ध दलका सांसदहरुले आज संसदमा रोष्ट्रम अगाडी उभिएर विरोध जनाएका हुन् । यसअघि मोर्चाको तर्फबाट आफ्नो भनाई राख्दै संघीय समाजवादी फोरमका नेता अशोक राइले मधेसी जनताले लामो समयदेखि आन्दोलन गरिरहँदा पनि उनीहरुका माग पुरा गर्न सरकार गम्भीर नभएको आरोप लगाए ।
उनले यथास्थितिमा संसद बैठक अघि वढाउनुको औचित्य नभएको वताएपछि मधेशी मोर्चा सम्वद्ध आठ दलका सांसदहरुले संसदमा विरोध जनाएका हुन् । बैठकमा भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी विधेयक पेश गर्ने तयारी संसद् सचिवालयले गरेपनि कार्यसूचीबाट हटाइएको थियो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राजनीतिक सहमति बिना प्राधीकरण विधेयक नल्याउन भनेपछि आजको कार्यूचीबाट हटाएको बताइएको छ । संसद् सचिवालयले यसबाहेक ४० भन्दा बढी विधेयक विभिन्न प्रक्रियामा रहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.