अवरोध हटाउन भारतलाई औपचारिक आग्रह

0

काठमाडौं, २३ कार्तिक । सरकारले सीमा क्षेत्रमा भएको अवरोध हटाउन भारत सरकारलाई औपचारिक आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नजिकिँदै गरेका चाडपर्वलाई सहज बनाउन तथा इन्धन, औषधिलगायतका अत्यावश्यक वस्तुको अभाव अन्त्य गर्न सीमा क्षेत्रमा भएको अवरोध हटाउन भारतलाई औपचारिकरुपमै आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकले मधेस केन्द्रित दलले उठाएका माग सम्बोधन गरी वार्ताबाटै समाधान गर्ने निर्णय गरेको छ । बैठकले आन्दोलनका क्रममा मारिएकाका परिवारलाई १० लाख रुपैयाँ दिने प्रक्रिया कार्यान्वयन, घाइतेको उपचारलगायतका अधिकांश माग पूरा हुने प्रतिबद्धता जनाएको सूचना तथा सन्चार प्रविधिमन्त्री शेरधन राईले बताए । यसैगरी, बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा एमाले पोलिटव्यूरो सदस्य रहेका विष्णु रिमाललाई नियुक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.