भाउजुको शरीरमा भाला रोपियो

धनकुटा, १४ असोज । धनकुटाको डाँडाबजारमा गएराति देवरले भाला प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् । डाँडाबजार– २ का ३२ वर्षीय कालीबहादुर याखाले भाउजू ३४ वर्षीया मोतिमाया याखालाई भाला प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । भाला…

अठार वर्षअघि खुकुरी देखाएर लुट्ने समूहका नाइके पक्राउ

कञ्चनपुर, १४ असोज । अठार वर्षअघि नकाब लगाएर महाकाली नदी किनार क्षेत्रमा कञ्चनपुरको दोधारा–चाँदनीका एक नागरिकलाई लुट्ने समूहका नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टोली महाकालीले बुधबार दोधारा–चाँदनीका…

मधेसी मोर्चाको यस्तो ‘सर्त’

रौतहट, १३ असोज  । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले विगतका सहमति कार्यान्वयन भएको अवस्थामा मात्र वार्ताका लागि विश्वासयोग्य वातावरण बन्ने बताएका छन् । बुधबार रौतहटको गौरमा सभा गरी मोर्चाका शीर्ष नेताहरुले विगतमा भएका सहमति…

अधिकांश आलु प्याजका गाडी नेपाल भित्रिए

रुपन्देहीको बेलहिया नाकाबाट इन्धन र अन्य उपभोग्य पदार्थ बोकेका गाडीहरु नेपाल भित्रिन सुरु गरेका छन् । बुधबार नेपाल र भारत दुबै देशका सुरक्षाकर्मी र भन्सार अधिकारीहरुबीचको बैठकले भारतमा रोकिएका मालबाहक साधनहरु नेपालमा पठाउने निर्णय गरेपछि…

भारतको बुइ चढेर माग पूरा हुँदैन

काठमाडौं, १३ असोज  । पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतको अघोषित नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थितिको समाधान गर्न कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले अहिलेको असहज परिस्थितिले…

निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र हटाइयो

वीरगन्ज, १३ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले सदरमुकाम वीरगन्जमा लगाउँदै आएको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणा आजदेखि हटाएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले यसअघि मकालु होटल, भाजुरत्न चोक, कैलाश होटल चोक, घडिअर्वा…

सहज वातावरण निर्माण गर्न गैरआवासीय नेपाली सङ्घको आग्रह

काठमाडौँ, १३ असोज । गैरआवासीय नेपाली सङ्घले देशमा भइरहेको वर्तमान असहज अवस्थाको अन्त्य गर्न नेपाल र भारत सरकार दुवैले इमान्दारीपूर्वक आपसी छलफल गरी अहिलेको जटिलतालाई यथासम्भव चाँडो सम्बोधन गर्न आग्रह गरेको छ । सङ्घका अध्यक्ष शेष घलेले…

टीकापुर घटनामा सशस्त्र आईजी दोषी

काठमाडौं, १३ असोज । उग्र भीडको आक्रमणमा परी एकजना एसएसपीसहित नौजनाको ज्यान जाने गरी भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामाथि छानबिनका लागि गठित समितिले सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तलाई 'मुख्य दोषी' ठहर गरेको छ । राष्ट्रिय…

उपप्रधानमन्त्री सिंह र परराष्ट्रमन्त्री पाण्डे भेटवार्तामा व्यस्त

न्युयोर्क, १२ असोज । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंह र अमेरिकाका राष्ट्रपति बाराक ओवामाका विशेष सहयोगी एवम् राष्ट्रिय सुरक्षा परिषद् दक्षिण एसिया मामिलाका वरिष्ठ निर्देशक…

अमरेशको कारबाही रोकियो

काठमाडौं १३ असोज । कांग्रेस सभासद् अमरेशकुमार सिंहको कारबाही प्रकृया रोकिएको छ । कैलालीको टिकापुरमा सामाजिक सदभाव भड्काउने गरी अभिव्यक्ति दिएकोमा कारबाही गर्ने भन्दै पार्टीको अनुशासन समितिले सिंहलाई एक महिनाअघि २४ घण्टे स्पष्टीकण सोधेको…