मधेसी मोर्चाको यस्तो ‘सर्त’

0

रौतहट, १३ असोज  । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले विगतका सहमति कार्यान्वयन भएको अवस्थामा मात्र वार्ताका लागि विश्वासयोग्य वातावरण बन्ने बताएका छन् । बुधबार रौतहटको गौरमा सभा गरी मोर्चाका शीर्ष नेताहरुले विगतमा भएका सहमति कार्यान्वनले मात्र वार्ताको वातावरण तयार हुने बताएका हुन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग विगतमा भएका सहमति संविधानमा उल्लेख हुनुपर्ने बताए । वार्ताको वातावरण बनाउन सेनालाई ब्यारेकमा फिर्ता गर्नुपर्ने, मधेस आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
सभामा संघीय समाजवाजी फोरमका अध्यक्ष उपेन्द्र यादवले तीन ठूला दलले जबर्जस्ती संविधान जारी गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । यस्तै, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आत्मनिर्णयको अधिकारसहितको समग्र मधेश प्रदेस नभएसम्म आन्दोलन जारी रहने बताए ।

Leave A Reply

Your email address will not be published.