बाढी पीडितलाई माओवादी पश्चिम अन्तरमहादेश र एनपीपीएफ युरोपले पठायो १० लाख सहयोग,

0

३० सेप्टेम्वर २०२४ ।

विनासकारी बाढी र पहिरो पिडित नेपालीलाई परदेशमा भएका नेपालीले सहयोग पठाउने क्रम बढ्दै गएको छ । नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय (युरोप, अमेरिका र अष्ट्रेलिया) प्रवास प्रदेश संगठन समिति र नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपले संयुक्त रुपमा १० लाख रुपैयाँ बाढी र पहिरो पिडितको सहयोगको लागि पठाएका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डलाई सोमबार काठमाडौंमा पश्चिम अन्तरमहादेशीय संगठन समितिका सचिव तिलक के.सी र कार्यालय प्रमुख टेकबहादुर के.सीले प्रदान गरे । जम्मा भएको सबै रकम पार्टीले एकमुष्ठ रुपमा नेपाल सरकारलाई छिट्टै प्रदान गर्ने बताइएको छ ।

प्रचण्डले परदेशमा रहेका नेपालीले दुःखको बेला गरेको सहयोगको लागि धन्यवाद दिदैं जम्मा भएको सम्पूर्ण सहयोग रकम एकद्वार प्रणाली मार्फत सरकारलाई दिइने बताए ।

छोंटो समयमा सहयोग संकलन गर्न पार्टी सचिव तथा इन्चार्ज राम कार्की ‘पार्थ’, सह इन्चार्ज सुरेन्द्र भुषाल, नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका संयोजक उदयराज, नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले भुमिका निभाएका थिए ।

पार्टी संगठन र एनपीपीएफबाट सो सहयोग सॅकलन भएको बताइएको छ । संयोजक उदयराज गौतमले बाढी पिडित नेपाली दाजुभाई दिदीबहिनीलाई केही भएपनि सहयोग होस भनेर सहयोग पठाइएको जानकारी दिदैं मनकारी सहयोगदातालाई धन्यवाद दिए ।

Leave A Reply

Your email address will not be published.