निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र हटाइयो

0

वीरगन्ज, १३ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले सदरमुकाम वीरगन्जमा लगाउँदै आएको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणा आजदेखि हटाएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले यसअघि मकालु होटल, भाजुरत्न चोक, कैलाश होटल चोक, घडिअर्वा चोकको पूर्वतर्फको बाटो, कभर्ड हल पूर्वदेखि बनारसी चोकको पूर्व गुह्येश्वरा मोडदेखि घन्टाघरसम्म र जिल्ला प्रशासन कार्यालयको चारैतर्फका सहायक मार्ग, पावरहाउस चोक, राधेमाई चोकलगायतका क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणा हटाएको जिप्रकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.