अन्तरराष्ट्रिय पर्बत समाजले पर्बत अस्पतालको सौन्दर्यिकरण गर्ने,

0

अन्तरास्ट्रिय पर्बत समाजले २४ जुन २०२४ मा बेल्जियमको लुभेनमा आयोजना गरेको च्यारिटी डिनर कार्यक्रमबाट संकलन भएको कोषबाट पर्बत अस्पतालको सौन्दर्यिकरण गर्ने भएकोछ ।

बेल्जियममा सम्पन्न डिनर एबम बिबिध सास्कृतिक कार्यक्रमबाट संकलित रकमले अस्पताल परिसरमा बुद्द मुर्ति स्थापना, ढुंगे धारा,बाल उद्यान,खुल्ला ब्यायमशाला, चौतारी, प्रतिक्षालय साथै अस्पताल भित्रको उद्यानमा आन्तरिक मार्ग निर्माण गर्ने गरि सम्झौता भएको जानकारी सस्थांका अध्यक्ष गुणराज शर्माले गराउनु भएकोछ ।

सस्थांले गरेका सामाजिक कार्यलाई ब्यबस्थित र समाजमुखी बनाउन प्रक्रियागत पक्षलाई पनि समेटर अगाडी बढ्ने संकल्प सहित पर्बत अस्पातलको सौन्दर्यिकरण परियोजना छ महिना भित्रमा सम्पन्न गर्ने गरि समय तालिका सहित सम्झौता भएको हो ।

संस्था द्वारा निश्चित समयावधिमा सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न गरि अस्पताललाइ हस्तान्तरण गर्ने प्रतिबद्दता गरिएकोछ । यो परियोजना सम्पन्न गर्न सस्थांले ३५,००,००० (पैतिस लाख नेपाली रुपियाँ) लगानी गर्नेछ।

अध्यक्ष शर्माले अस्पताल सौन्दर्यिकरण परियोजनाको लागि च्यारिटि मार्फत आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगदता प्रति आभार व्यक्त गर्नु भएकोछ । यस अभियानलाई सफल बनाउन अथक प्रयास गरेका सस्थांका प्रमुख संरक्षक झलक के.सी.संरक्षक एबं आर्थिक संयोजक कृष्ण तिवारी,संरक्षक सुबास जोशी ,ब्यबस्थापन संयोजक सल्लाहकार खड्क के.सी, बालेन्द्र गुरुङ, सल्लाहकार रोशन जोशी, सस्थांका संरक्षक,सल्लाहकार साथै पर्बत समाज बेल्जियम कि अध्यक्ष नन्दा गुरुङ र पर्बत समाज बेल्जियम परिवारलाई संस्थाको तर्फबाट धन्यबाद ब्यक्त गरिएकोछ ।

संस्थाको कार्यसमिति, राष्ट्रिय समिती र शुभेक्षुक संघ संस्था र सदस्यहरुको अतुलनिय सहयोगलाई स्मरण गर्दै सहयोगदाता संग सहयोग माग्दा गरेको बचन पुरा गर्नको लागि सस्थांले आधिकारिक बाटो अबलम्बन गर्दै सम्झौता गरेको सुनाउन पाउदा खुशी लागेको संस्थाका महासचिब प्रकाश पौडेलले बताउनुभएकोछ ।

यस परियोजनाको पहिचान,अध्ययन र निर्माणमा तदारुकताका साथ सम्झौता गराउने सस्थापक अध्यक्ष एबं संयोजक पुरन गिरी, सस्थांकी नेपाल प्रतिनिधि मुना भुसाल ,पर्बत अस्पताल ब्यबस्थापन समिति अध्यक्ष शंकर गिरीका साथै परियोजना निर्माण तथा हस्तान्तरण समितिलाई पनि धन्यवाद व्यक्त गरिएकोछ ।

परियोजना निर्माण सम्झौतामा कार्यक्रममा जिल्ला स्थित जनप्रतिनिधि, समाजसेवी,बुद्दिजीबी, पत्रकार,स्वास्थ्यकर्मी र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

अन्तरास्ट्रिय पर्बत समाजको तर्फबाट परियोजना संयोजक पुरन गिरी पर्बत अस्पताल तर्फबाट अस्पताल ब्यबस्थापन समिति अध्यक्ष शंकर गिरीले परियोजना निर्माण सम्झौतामा हस्ताक्षर गर्नुभएकोछ ।

Leave A Reply

Your email address will not be published.