दुर्घटनाग्रस्त बस

कञ्चनपुरको झलारी पिपलाडी नगरपालीका ११ बसन्त सामुदायिक वन नजिक दुर्घटनाग्रस्त बस । आज साँझ म १ ख ४५६ नम्बरको यात्रु बाहक बस दुर्घटना हुदा सात जना यात्रु घाईते भएका छन् ।

उच्चमावि स्थापनाको हासो

ओखलढुङ्गा जिल्लास्थित पलापु भञ्ज्याङ्मा रहेको श्री गोल्मादेवी उच्च माविको उद्घाटनका सहभागी सभासद्द्वय रामहरि खतिवडा र यज्ञराज सुनुवार उद्घाटन पश्चात खुसीका साथ नाच्दै ।

तीन दलको एकता कायम रहला ?

काठमाडौं, १८ असोज । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकमा सहमति मै आगामी सरकार बनाउने बारेमा छलफल भएको छ । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको…

स्पष्ट मार्गचित्र ल्याए मात्र वार्ता सफल हुने : अध्यक्ष ठाकुर

भक्तपुर, १८ असोज । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले तीनदलको वार्ताटोलीले स्पष्ट मार्गचित्र ल्याएर वार्तामा बसेमात्रै वार्ता सफल हुने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले…

तम्घास नजिक बस दुर्घटना, पाँचको मृत्यु

गुल्मी, १८ असोज । गुल्मीको सदरमुकाम तम्घास नजिक बस दुर्घटना हुँदा एक महिला र एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । यो घटनामा पच्चीस यात्रु घाइते भएका छन् । बुटवलबाट गुल्मीतर्फ आउँदै गरेको लु १ ख ४१६१ नम्बरको बस रेसुङ्गा नगरपालिकाको…

नेका कार्यसमितिको बैठक बुधबार

काठमाडौँ, १८ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज २० गते बुधबार बिहान ८:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको…

बालुवाटारमा सर्वदलीय बैठक

काठमाडौं, १८ असोज । सहमतीय सरकार गठनका विषयमा छलफल गर्न भोलि सोमबार व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै दलको सहभागितामा सर्वदलीय बैठक बसेको छ । राष्ट्रपति डा रामबरण यादवले सहमतीय सरकार गठनका लागि दललाई आह्वान गरेबमोजिम सोही विषयमा…

भारतलाई चिढ्याए नेपाललाई नै हानी हुन्छ: डा.बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालले भारतलाई धेरै चिढाउन नहुने बताएका छन् । नवलपरासीको सुनवलमा पत्रकारहरुसँग नेता भट्टराईले भारतलाई चिढाएर नेपाललाई नै हानी हुने भन्दै नेपालले भारत र चीनलाई जोड्न नेपालले सेतुको काम गर्नुपर्ने…

मधेसी मोर्चा वार्तामा बस्न तयार

काठमाडौं, १८ असोज । संयुक्त लोकतान्तिक मधेसी मोर्चाले सरकारसँग जुनसुकै बेला वार्ता गर्न तयार रहेको बताएको छ । मोर्चाको  बैठकले वार्ता गर्नका लागि चार सदस्यीय वार्ता टोली गठन गर्दै तीनदलसहितको सरकारी वार्ता टोलीसँग वार्ता गर्न तयार भएको…

सरकार गठनबारे छलफल

नेपाली काँग्रेसको आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट बाहिर निस्कँदै सूचना तथा सन्चार प्रविधि मन्त्री डा मीनेन्द्र रिजाल, महामन्त्री कृष्णप्रसाद सिटौलालगायत ।