नेका कार्यसमितिको बैठक बुधबार

0

काठमाडौँ, १८ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज २० गते बुधबार बिहान ८:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । बैठकमा संविधान जारी भएपछिको अवस्था, तराई मधेसको आन्दोलन, पार्टीको १३ महाधिवेशन, नयाँ सरकारको गठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.