तम्घास नजिक बस दुर्घटना, पाँचको मृत्यु

0

गुल्मी, १८ असोज । गुल्मीको सदरमुकाम तम्घास नजिक बस दुर्घटना हुँदा एक महिला र एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । यो घटनामा पच्चीस यात्रु घाइते भएका छन् । बुटवलबाट गुल्मीतर्फ आउँदै गरेको लु १ ख ४१६१ नम्बरको बस रेसुङ्गा नगरपालिकाको उर्लेनीमा दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । घाइतेको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । बस दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.