एफएनसीसीआईका पूर्व अध्यक्ष जोशीलाई बेल्जियमका नेपालीको प्रश्न- हाम्रो पैसा खोई ?

0

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष कुश कुमार जोशीलाई बेल्जियमका नेपालीहरुले १० बर्ष अगाडि गरेको आफ्नो लगानी कता गयो भनेर सार्वजनिक प्रश्न गरेकाछन । नेपाली ब्यबसायी संघ बेल्जियमले जोशीसँग गरेको अन्तर्कृयामा उनी संस्थापक भएको फास्ट ट्र्याक परीयोजनामा बेल्जियमका नेपालीले गरेको बारेमा प्रश्न गरेका हुन ।

जोशी बेल्जियम आएर सो परीयोजनाका लागि यहाँका नेपालीहरुलाई लगानी गर्न अह्वान गरेका थिए । यहाँका नेपाली ब्यबासायी र सर्बसाधारणहरुले गरेर २ करोड बढी लगानी गरेकाछन ।उनिहरुले त्यो लगानिको कुनै आधिकारिक  प्रमाण  नपाएको र सो परीयोजना पनि  तत्काल बन्न नसक्ने गरी थन्कि सकेकोछ ।

नेपाली रुपया दस लाख संस्थापक शेयर लगानी गरेका ब्यबसायी पदम गुरुङले अहिलेसम्म लगानिको प्रतिफल र प्रमाण केही पनि नपाएको बताउनु भएकोछ । बेल्जियमबाट लगानी भएको करीब दुई करोड रुपयाको कुनै पनि लगानिकर्ताले केही नपाएको गुरुङको भनाईछ ।

प्राप्त परीयोजनाको डीपिआर लगायतका दस्ताबेज अहिले सडक बिभागसँग रहेको जोशीले जानकारी गराउनु भएकोछ ।

देश र बिदेशका नेपालीहरुले लिएको संस्थापक शेयरबाट जम्मा भएको रकम दस्ताबेज तयार गर्न, कर्मचारिको तलब भत्तामा खर्च भैसकेको र परीयोजना सफल हुने अवस्था नभएकोले उनिहरुको लगानी फिर्ता हुने कुनै सम्भाबना रहेकोछैन ।

नेपाली ब्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासले नेपालका समग्र उध्योगी ब्यबसायिहरुको नेत्रित्वकर्ता र उहालाई विश्वाश गरेर लगानी गरेका बेल्जियमबासीको लगानीको अवस्थाको जानकारी गराउन जोशीसँग अन्तरकृया गरिएको बताउनु भएकोछ ।

सो कार्यक्रममा बेल्जियमका ब्यबसायीहरुले एफएनसीसीआईले बिदेशमा उध्योग, ब्यवसाय गरी रहेका नेपाली मुलका ब्यापारिहरुका अनुभबलाई सुनेर सोही अनुसार कार्ययोजना बनाए द्विपक्षिय ब्यापारमा सुधार हुने धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.