दलहरु सहमति नजिक, आजै टुंगो लाग्ने
काठमाडौं, २१ साउन । प्रदेशको संख्या र सिमांकनमा नयाँ सहमति कायम गरेर अघि बढ्ने प्रयासमा मुख्य चार दल हिजो बुधबार टुंगो लाग्न नसकेपछि आज विहीबार पनि विहानैदेखि छलफलमा जुटेका छन् । चारै दलका शीर्ष नेताहरु र दोस्रो तहका नेताहरु विहीबार…
खुलायो तातोपानी-खाडीचौर सडकखण्ड
काठमाडौं, २१ साउन । पहिरोले अबरुद्ध अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी–खाडीचौर सडकखण्ड बिहीबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । नेपाली सेना र चीन सरकारको प्राविधिक सहयोगमा पाँच दिन लगाएर पहिरो हटाइएसँगै सडक एकतर्फी रुपमा…
घुस लिँदै गरेका नापी सर्वेक्षक पक्राउ
धादिङ, २१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला नापी कार्यालय धादिङका नापी सर्वेक्षक लेखनाथ बुर्लाकोटीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । जग्गा नापीसम्बन्धी काम मिलाइदिने भन्दै बुर्लाकोटीले…
चार महिनादेखि तामाकोसी आयोजनाको काम ठप्प
स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा भूकम्पबाट क्षति र त्यसपछि लगातार झरेका पहिराको आयोजना थप सङ्कटमा फसेको छ । भूकम्पबाट क्षति र पहिराका कारण काम गर्न नसकेपछि आयोजनाका कर्मचारी, ठेकेदार कम्पनी र मजदुरले…
दुधे बालकलाई विष खुवाउने काकी सार्वजनिक
भीमदत्तनगर, २१ साउन । जेठानीका पाँच महिने छोरालाई विष खुवाएर हत्या गर्न खोज्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी जेठानी जानकी शाहका दुधे बालक कर्मा शाहलाई विष खुवाउने कञ्चनपुरको…
बाटो बिराएको देश निबन्ध सङ्ग्रह लोकार्पण
काठमाडौँ, २१ साउन । वरिष्ठ साहित्यकार पूर्ण ओलीद्वारा लिखित ‘बाटो बिराएको देश’ नामक निबन्ध सङ्ग्रहको हिजो यहाँ लोकार्पण गरियो । निबन्ध सङ्ग्रहमा कर्तव्य र जिम्मेवारी बोधजस्ता १२७ वटा रचना रहेका छन् ।
निबन्ध सङ्ग्रहको लोकार्पण गर्दै वरिष्ठ…
काँग्रेसको क्रियाशील सदस्य छ लाख पुग्ने
काठमाडौं, २० साउन । नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानबिन अन्तिम चरणमा पुगेको छ । तेह्रौँ महाधिवेशनको तयारीका लागि देशभर क्रियाशील सदस्यता वितरण गरिएकामा केही जिल्लामा विवाद भएपछि सदस्यता छानबिन गर्न पार्टीले केन्द्रीय सदस्य नरहरि…
सञ्जय साहलाई रिहा गर्न अस्वीकार
काठमाडौं, २० साउन । सर्वोच्च अदालतले जनकपुर बम काण्डका अभियुक्त धनुषा क्षेत्र नम्बर ४ बाट संविधानसभाको सदस्यमा निर्वाचित भएका सञ्जय साहलाई रिहा गर्न अस्वीकार गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त…
फुजीमा आरोहण
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जापानको सर्बोच्च शिखर फुजीमा आरोहण गर्न जाने नेपाली अल्ट्रा धाबक सञ्जय पण्डितलाई बुधवार नेपालको झण्डा हस्तान्तरण गरि बिदाई गर्दै ।
सूर्य नउदाउँदै अस्ताएका सूर्य काका
समाजको पर्यायका रुपमा सामाजिक व्यक्तित्व बनाएका एक प्रजातान्त्रिक योद्धाको अन्त्य भएको छ । सूर्य बिहान उदाउँछ । बेलुका अस्ताउँछ । यो प्रकृतिको नियम हो । तर, बुटवलमा सामाजिक सेवाको भावनाले बुटवलवासीलाई दुःखसुखमा सधैँ उज्यालो दिने उनै…