बस दुर्घटनामा १० को मृत्यु

0

प्युठान, २५, साउन । सदरमुकाम नजिकै आज अपराह्न भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । घटनास्थलमै छ र उपचारका लागि लैजाँदै गर्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । एकजनाको शव च्यापिएकाको अवस्थामा बसभित्रै रहे पनि निकाल्न सकिएको छैन । मृतकमध्ये प्युठान नगरपालिका–१४ की माया केसी र नगरपालिका–२ का सञ्जय सुनार, तोरवाङ गाविसका नरेन्द्र जिसी, कपिलवस्तुका लङ्कबहादुर रावत र दाङ गढवाकी सीता पण्डितको सनाखत भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
दुर्घटनामा चार पुरुष र दुई महिलाको मृत्यु भएको प्रहरी जनाएको छ । घटनामा परी घाइते भएका २४ जनालाई उद्धार गरी स्वर्गद्वारी लाइफकेयर अस्पताल बाग्दुला र जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि लगिएको छ । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना ३ ख ८३८३ नंको यात्रुबाहक बस सारीवाङको घुम्तीबाट खोलामा खसेर दुर्घटना भएको थियो ।

Leave A Reply

Your email address will not be published.