विष्ट निलम्बित

वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टीका सहअध्यक्ष केशरबहादुर विष्टलाई पार्टीको हित र अनुशासन विपरीत कार्य गरेको जनाई तीन वर्षका लागि निलम्बन गरेको छ । पार्टीको यहाँ सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विष्टलाई पार्टीको…

अबको चुनावमा नो भोट

काठमाडौं । उम्मेदवारलाई अस्वीकार गर्ने मतदाताको अधिकारलाई सरकारले स्थानीय निर्वाचनमा लागू गर्ने भएको छ । मन्त्रिपरिषदले शुक्रबार पारित गरेको स्थानीय निर्वाचन कार्यविधि ऐनको संशोधन विधेयकमा कुनै पनि मतदातालाई मत नदिने अर्थात् सबैलाई अस्वीकार…

नेपाल सम्बन्धी १७ नम्बर बुँदाप्रति बेल्जियमका नेपालीद्वारा विरोध

ब्रसेल्स । हालै यूरोपियन यूनियनका प्रतिनिधिहरु र भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीको नेतृत्वको उच्च स्तरीय प्रतिनिधीहरुको उपस्थितिमा यूरोपको राजधानी ब्रसेल्समा भएको भारत र यूरोपियन यूनियन बिचको शिखर सम्मेलनमा नेपाल सम्बन्धि छुट्टै…

अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चीनका राजदूत वु चुन्ताईबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले गर्नुभएको चीन भ्रमण र…

निःशुल्क प्रवेशाज्ञा प्रणालीको माग गर्दै धर्ना

काठमाडौं । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले ‘निःशुल्क प्रवेशाज्ञा प्रणाली’ लागू गर्न माग गरेको छ । सक्रिय सेवा समाज, पौरखी नेपाल, एसियन फोरम, ओरेक नेपाल, म्याग नेपाललगायत विभिन्न २१ वटा सङ्घसंस्थाले आज बिहान करिब दुई घन्टा…

भूकम्प प्रभावित जिल्लाको ७५ प्रतिशत तथ्याङ्क सङ्कलन

काठमाडौं । भूकम्पबाट अतिप्रभावित काठमाडौँ उपत्यकाका तीन जिल्लामा भूकम्प प्रभावितहरुको क्षतिको तथ्याङ्क सङ्कलन एक महिनापछि मात्र सुरु हुने भएको छ । उपत्यकाको तथ्याङ्क सङ्कलन प्रभावित क्षेत्रमा मात्र गर्ने गरी कार्यक्रम बनाइएको छ । भूकम्पबाट…

दोहोरी गीत प्रतिस्पर्धा बुधबारदेखि

काठमाडौं । ‘दोस्रो अन्तर दोहोरी साँझस्तरीय राष्ट्रिय दोहोरी गीत रनिङ सिल्ड प्रतियोगिता–२०७२’ चैत २४ गतेदेखि यहाँ हुने भएको छ ।‘हाम्रो अभियान, लोक संस्कृति संरक्षण, स्रस्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ चैत २८…

एसएलसी परीक्षा

वीरगन्जको पन्नालाल माविमा बिहीबार एसएलसी परीक्षाको अनुगमन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे ।

राप्रपा नेपालको विस्तारित बैठक सुरु

वीरगन्ज, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आजदेखि यहा“ सुरु भएको छ । दुई दिनसम्म चल्ने सो बैठकमा अहिलेको राजनीतिक अवस्था, पार्टीको आगामी कार्यनीति तथा कार्ययोजना, पार्टीको सङ्गठनात्मक अवस्था…

इयु–भारतको संयुक्त वक्तव्यप्रति नेपाल सरकारको कडा आपत्ति

काठमाडौं । युरोपेली युनियन र भारतले ‘नेपालको संविधान अपूरो रहेको’ भन्दै वक्तव्य निकालेकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘लोकतान्त्रिक विधिबाट जारी भएको संविधानलाई अपूरो भन्दै…