नयाँ शक्तिशाली भूकम्पको धक्का महशुस

0

काठमाडौं । म्यान्मार र भारतको सीमानजिक आज साँझ गएको शक्तिशाली भूकम्पको धक्का नेपालमा पनि महसुश गरिएको छ । त्यस क्षेत्रमा साँझ ७ बजेर ४० मिनेटमा भएको भूकम्प ७ रिक्टर स्केलको भएको र त्यसको धक्का नेपालमा पनि महसुश गरिएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
पूर्वाञ्चलमा धक्का बढी महसुश
नेपालको पूर्वाञ्चल क्षेत्रमा सो भूकम्पको धक्का राजधानीको तुलनामा बढी महसुश गरिएको थियो ।
धक्का महसुश भएपछि विराटनगरमा मानिसहरु घरबाट बाहिर निस्केका थिए । भूकम्पको झट्काबाट भएको
क्षतिको जानकारी अहिलेसम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय मोरङ्ले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.