तनहुँ तनावग्रस्त, एकको मृत्यु

तनहुँ, २६ भदौ । पूर्णबहादुर आलेको मृत्युको अनुसन्धान गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच शुक्रबार साँझ यहाँ झडप हुँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा परी नौ प्रहरी र तीन आन्दोलनकारी गरी १२ जना घाइते भएका छन् ।…

संविधानले सबै क्षेत्रको प्रतिनिधित्व गर्ने

काठमाडौँ, २६ भदौ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वार्ता गर्न आन्दोलनरत मधेसी दलसँग खास कुनै पनि माग नभएको बताउनुभएको छ । काँग्रेस काठमाडौँ क्षेत्र नं ३ तथा नेपाली जनसम्पर्क समिति अमेरिकाको संयुक्त आयोजना भएको कार्यक्रममा नेता…

शीर्ष नेताहरुको बैठक

शुक्रबार बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकपछि वार्तालाप गर्दै एमालेका नेता माधवकुमार नेपाल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता डा. बाबुराम भट्टराई ।

तीज शुभकामना तथा सम्मान कार्यक्रम

नेपाल प्रेस युनियन केन्द्रिय महिला विभागद्वारा काठमाडौँमा आयोजित तीज शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आर्चाय ।

खुट्टा नकमाउन शीर्ष नेतालाई सुझाव

काठमाडौँ, २५ भदौ । ‘नेपालको संविधानको परिमार्जित विधेयक २०७२’ माथि संविधानसभामा जारी दफाबार छलफलमा भाग लिँदै सभासद्हरुले आन्दोलनरत दलसँग संविधानको प्रक्रिया रोकेर होइन, संविधानको प्रक्रियालाई निरन्तरता दिँदै वार्तामा बस्न प्रमुख दलका शीर्ष…

झडपमा चारको मृत्यु, जनकपुर दङ्गाग्रस्त

जनकपुरधाम, २५ भदौ । जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झपडमा प्रहरीको गोली लागी चार जनाको मृत्यु भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेकाले…

प्रकृया दुई दिनलाई स्थगित

काठमाडौँ, २५ भदौ । प्रमुख तीन दलले असन्तुष्ट दलसँग वार्ता गर्न संविधान लेखनको जारी प्रक्रियालाई दुई दिन लम्ब्याउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) को बैठकले…

असई बिकलाई लखेटेर मारे

गौशाला, २५ भदौ । महोत्तरीको जलेश्वरमा आज बिहान आन्दोलनकारीको कुटपिटबाट घाइते भएका सशस्त्र प्रहरीका असई थमनबहादुर विकको मृत्यु भएको छ । सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेका अनुसार आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते विकलाई थप उपचारका…

सुत्केरी र बच्चाको मृत्युपछि अस्पतालमा नाराबाजी

चितवन, २५ भदौ । पाठेघर फुटेर सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चित्रवन नगरपालिका वडा नं ८ की ३० वर्षीया मञ्जुकुमारी महतो हुन् । उनलाई सुत्केरी बेथा लागेपछि भदौ २२ गते भरतपुरको ओम अस्पतालमा भर्ना गरिएको थियो ।…

हत्या गरिएको अवस्थामा पुरुषको शव बरामद

गौशाला, २५ भदौ । महोत्तरी जिल्लाको धीरापुर गाविसमा आज बिहान हत्या गरिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ । नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ३० वर्षीय पुरुषको हत्या गरिएको शव धीरापुर गाविस– २ स्थित खेतमा बरामद भएको जिल्ला प्रहरी…