धनुषा हिरासतबाट नौ जना थुनुवा फरार

0

ढल्केबर \ जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट आज (सोमवार) बिहान नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरू सबै लागु औषध र अभद्र व्यवहारका आरोपित रहेको प्रहरीले जनाएको छ ।

फरारमध्ये एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । फरार हुनेमा लागु औषध मुद्दाका जनकपुर उपमहानगरपालिका २० रुपैठाका अमित कुमार झा, धनुषा गिद्धा नपा ७ का रञ्जित मण्डल र रोशनकुमार मण्डल, धनुषा औरही गाउँपालिका २ का विशाल मुखिया र सिरहा नपा १३ का अभाष्करकुमार यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।

त्यस्तै फरार हुने अभद्र व्यवहार मुद्दाका महोत्तरी जलेश्वर नपा ५ का सत्यम झा, जनकपुर उपमहानगरपालिका १ का सुमित मेस्तर र वडा नं ४ का शेखर कार्की तथा धनुषा नगराइन नपा २ का मनिष मण्डल रहेको धनुषाका डिएसपी रञ्जन आवले जानकारी दिनुभयो ।

धनुषा प्रहरीमा महिलाका लागि एकसहित ३ वटा हिरासत कक्षमा ५९ जना थुनुवा रहेका छन् ।  थुनुवा कक्षको सुरक्षाका लागि ५ जना प्रहरीको २४ घण्टे डिउटी रहने गरेको छ ।

Leave A Reply

Your email address will not be published.