ब्रसेल्समा मनाइयो नेपाल दिवस,

0

युरोपको राजधानी ब्रसेल्समा नेपाल दिवस मनाईएकोछ ।  युरोपियन युनियन र बेल्जियम सरकारका उच्च अधिकारीहरु,नेपालका शुभचिन्तक युरोपियन नागरिक र नेपाली संघ संस्थाका प्रतिनिधिहरु सहभागि हुनु भएको  संबिधान दिवस एबम गणतन्त्र दिवस नेपाली दुतावास ब्रसेल्सको आयोजनामा बेल्जियमको राजाधानी बेल्जियममा मनाइएको हो ।

दुई देशका राष्ट्रिय गीत बजाएर सुरु भएको समारोहमा युरोपियन युनियनकी एक्स्ट्रनल अफियर्सकी सह-निर्देशक पाउला पाम्पलोनीले प्राकृतिक सुन्दरता र कला सँस्क्रितिको धनी देश नेपाल र युरोपियन युनियनको द्वीपक्षीय सम्बन्ध सहअस्तित्व भाईचाराको जगमा भएकोले त्यो अझै मौलाउदै जाओस भन्दै नेपाल सरकार र नेपाली जनतालाई बधाई दिनु भयो ।

सम्ब्रिद्ध र शान्तीपूर्ण विश्वका लागि नेपाल युरिपियन मिलेर काम गर्ने विश्वाश ब्यक्त गर्दै पाम्पलोनीले नेपालले अन्तरराष्ट्रिय मन्चहरुमा सधैं विश्वशान्ती र बिकासका लागि राखेको अडानको प्रशंशा गर्नुभयो ।

बेनेलक्स एबम युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले गणतन्त्रदिवस समारोहमा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै नेपाल प्राकृतिक मुस्कान सहित पर्यटकहरुलाई स्वागत गर्न तयार रहेकोछ भन्नु भयो । राजदुत भण्डारीले युरोपियन युनियनले नेपालको बिकासमा गरेको साझेदारी र सहयोगका लागि धन्यबाद ज्ञापन गर्नु भयो ।

कार्यक्रमको संचालन नेपाली राजदुताबासका त्रितीय सचिब रमेश गैरेले गर्नु भएको थियो ।

गणतन्त्र दिवस समारोहमा नेपालका लागि युरोपियन युनियनकी राजदुत भेरोनिक लोरेन्जो, युरोपियन युनियनका पादाधिकारी एबम बिभिन्न देशका राजदुतहरु, कुतनितिज्ञहरु, सर्बोच्च शिखर बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गका एनआरएनए लगायतका नेपाली संघसंस्थामा आबद्ध पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाली कला सँस्क्रिति झल्कने झाँकी, गीत र न्रित्य प्रस्तुत गरिएको कार्यक्रममा नेपाली भेषभुषामा सजिएका नेपालीहरुले चार सय बर्ष पुरानो बेल्जियमको (ग्राँपालेस) राजदरबारको सभाहल नेपालमय भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.