प्रबासी नेपाली मंच आयरल्यान्डमा जङ्ग अधिकारी,

0

प्रबासी नेपाली मंच आयरल्यान्डको अध्यक्षमा जङ्ग अधिकारी निर्बाचित हुनुभएकोछ ।

अधिकारीको अध्यक्षतामा सर्बसम्मत निर्बाचित भएको १३ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा बिनोद अधिकारी, सचिबमा मुकुन्द भुषाल र सदस्यहरुमा चेतराज ओली, भगवती लामिछाने,राजकुमार शर्मा, राज न्यौपाने, लक्ष्मी ओली,शोभना पन्त अधिकारी, सुशिला त्रिपाठी न्यौपाने, तेजु ज्ञावाली , चन्द्रकला निरौला र दीपक बोहरा हुनुहुन्छ ।

प्रबासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटीका सदस्य एबम आयरल्यान्ड इन्चार्ज सरस्वतीको प्रमुख आतिथ्यता र उपाध्यक्ष चेतराज ओलीको अध्यक्षतामा सेप्तेम्बर २० तारिख भएको संगठनको तेश्रो अधिबेशनले पुर्ब अध्यक्ष वसन्त न्यौपानेलाई सल्लाहकार चयन गरेको छ ।

नबनिर्बाचित कार्यसमितिलाई प्रबासी नेपाली मंचका युरोप कमिटी अध्यक्ष मुक्त गुरुङ र सचिब सालिकराम थपलियाले सफलताको शुभकामना दिदै प्रबासमा रहेका नेपालीको हितमा सङ्गठनले काम गर्न सकोस भन्नु भएकोछ ।

नेकपा एमालेको विदेश बिभाग अन्तरगतको प्रवासी नेपाली मञ्चको आयरल्याण्ड शाखाले करिब ४ हजारको संख्यामा रहेका नेपालीहरुका बिचमा नेकपा एमालेको बिचार प्रबाह र नेपाली समुदायको हितमा गतिबिधी गर्दै आएकोछ ।

Leave A Reply

Your email address will not be published.