हत्या गरिएको अवस्थामा पुरुषको शव बरामद

0

गौशाला, २५ भदौ । महोत्तरी जिल्लाको धीरापुर गाविसमा आज बिहान हत्या गरिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ । नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ३० वर्षीय पुरुषको हत्या गरिएको शव धीरापुर गाविस– २ स्थित खेतमा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ती पुरुषलाई तीन चार दिन अगाडि कसैले हत्या गरेर वनमा रहेको धान खेतको पानीमा फालिदिएको प्रहरीले जनाएको छ । हत्या गरेर पानीमा फालिएको सो पुरुषको जीउ, अनुहारसहित पूरै शरीर सुनिएकाले पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ । जिल्लामा आन्दोलन र निषोधाज्ञाका कारण सो शव ल्याउन वा थप अनुसन्धान गर्न प्रहरी घटनास्थल जान नसक्ने अवस्था रहेको छ ।

Leave A Reply

Your email address will not be published.