वाग्मती सफाइ अभियान

बल्खुको कुमारी क्लब तथा त्यस वरपर क्षेत्रमा शनिबार वाग्मती सफाइ अभियानले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा फोहर व्यवस्थापन गर्दै स्थानीयवासी, सुरक्षाकर्मी, सामाजिक सङ्घसंस्थालगायत ।

उपाधी प्रदान

इलामको ठूला टुंडिखेलमा शनिबार सम्पन्न इलाम प्रिमियर लिग सिजन २ को उपाधि झापाको काँकडभिट्टास्थित मिलन क्रिकेट क्लबका खेलाडीलाई प्रदान गर्नुहुँदै सभासद लीलादेवी श्रेष्ठ । सभासद श्रेष्ठले क्रिकेट प्रतियोगितामा ५१ हजार सहयोग प्रदान गर्नुभयो ।

किवीको संरक्षण

इलामको सुलुबुङ–५मा भ्याउसाबाट जोगाउनका लागि कृषक तारामणि खतिवडाले किवी फलको फेदमा लगाइएकोे जाली ।

मधेस आन्दोलनबारे संसदलाई जानकारी

काठमाडौं, २१ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका सम्पूर्ण विषयवस्तु व्यवस्थापिका–संसद्मा राख्ने भएको छ । तराई मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेर मुलुकलाई कठिन…

सिमा नाकाहरुमा झन कडाई

काठमाडौं, २१ कार्तिक । भारतले प्रमुख व्यापारिक नाकाहरुबाट मालबाहक सबारी साधन नेपाल पठाउन झन् कडाई गरेको छ । केही नाकाबाट सिमित परिमाणमा मालबाहक गाडी भित्रिएपनि भारतीय डिपोहरुले कम इन्धन दिनुका साथै नाकामै आइसकेका ट्याङ्करहरुलाई पनि सहज…

प्रधानमन्त्री ओलीलाई बाबुरामको सुझाव

काठमाडौं, २१ कार्तिक । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आन्तरिक समस्या समाधान गर्न सरकारलाई सुझाव दिएका छन् । नागरिक अगुवाहरुलाई समेत लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका डाक्टर भट्टराईले मधेसमा देखिएको…

नाकाबन्दीबाट देश लथालिङग : महामन्त्री सिंह

इटहरी, २१ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले वर्तमान अवस्थामा छिमेकी मुलुक भारतले गरेको अघोषित नाकाबन्दी र संयुक्त मधेसी मोर्चाले गरेको आन्दोलनबाट देश लथालिङ्ग बनिरहेकोमा चिन्ता ब्यक्त गर्नुभएको छ । आज धरानमा अग्रज…

तीन उपप्रधान र पाँच मन्त्रीले सपथ लिए

काठमाडौं, १९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधानमन्त्री र मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावल,…

धान काट्दै

म्याग्दीको बेनी नगरपालीका–४ बगरफाँटका बासिन्दाहरु बिहीबार धान काट्दै । युवाहरु विदेशीएकाले मजदुर नपाउँदा खेतीबाली लगाउन र भित्र्याउन समस्या भएको छ ।

सर्वत्र सास्ती

रत्नपार्कस्थित महानगरीय प्रहरी कार्यालयवाट वितरण हुने वैदेशिक रोजगारका लागि आवश्यक पर्ने प्रहरी रिपोर्ट बनाउन लाइनमा वस्दै युवाहरु । उक्त रिपोर्ट बनाउन ४ दिनसम्म लागेको धादिङ्का एक युवा वताउँछन ।