नेपाल चिनाउने गरी स्थानीय सडकको नामाकरण गर्न र नेपाली शैलिको चौतारी बनाउन लुभेनका मेयर सँग नेपाली समुदायको माग,

0

बेल्जियमको लुभेन नगरपालिकामा बस्ने नेपाली समुदायले त्यहाको सामुदायिक पार्कमा नेपाली शैलिको चौतारी र नेपाली राष्ट्रिय बिभुतिको नाममा शहरको कुनै सडकको नामाकरण गर्न स्थानीय मेयरसँग औपचारिक माग राखेकाछन । विश्वबिद्यालयको शहरको रूपमा परिचित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग नेपाली समुदायले हिजो एक साक्षात्कार कार्यक्रम गर्दै उक्त माग राखेका हुन ।

लुभेनमा रहेको सञ्जय श्रेष्ठ (देबु)को रेस्तुरेन्टमा भएको अन्तर्कृयामा लुभेन क्षेत्रमा नेपाली चौतारी निर्माण , बुद्ध मार्ग वा माऊन्ट एभरेष्ट मार्ग स्थानीय भाषामा (स्त्रात) नामाकरण गर्नुपर्ने सहित आफ्ना पॅाचबुदे तत्कालिन एवंम दीर्घकालिन मागहरु राखेकाछन ।

युरोपका सफा नगरपालिकाहरुमा उत्कृष्ट भएर पुरस्कृत भैसकेको लुभेन नगरपालिका बिश्वब्यापी रूपमा शैक्षिक शहरको नामले समेत परिचित छ । यस शहरमा करीब चार हजारको संख्यामा नेपाली मूलका मानिस स्थायीरूपमा बस्दै आएकाछन ।

१ सय ७० भन्दा बढी मुलुकका मानिसको कर्मथलो र बासस्थान रहेको लुभेनमा नेपालीहरुको उल्लेख्य संख्यामा ब्यापार ब्यबशाय रहेकोछ । मेयर सँगको अन्तर्कृयामा लुभेनमा नेपाली सांस्कृतिक केन्द्र वा सो को लागि आबस्यक जग्गा खोजिदिन उनिहरुले आग्रह गरेकाछन ।

त्यसै गरी लुभेन र नेपालको कुनै एऊटा शहरबीचको भगिनी सम्बन्ध स्थापना ,नेपाली नृत्य, भाषा कक्षा लागि स्थान उपलब्ध गराइदिने लगायतका माग गरिएकोछ ।

नेपाली समुदायले त्यहाका जनप्रतिनिधिहरु सँग लामो समयबाट बिभिन्न खाले कार्यक्रमहरुमा आफ्ना आवश्यकताका बारेमा कुरा राख्दै आए पनि त्यसको कार्यान्वयन नभएकोले औपचारिक रूपमा समुदायको तर्फबाट सामुहिक हस्ताक्षर सहित आफ्ना अनुरोधलाई हस्तान्तरण गरेको सहजकर्ता मध्यका एक एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमले जानकारी गराउनु भएकोछ ।
नेपाली समुदायका मागपत्र बुझ्दै मेयर रुडवानीले, नेपालीसंगको आफ्नो आत्मीय सम्बन्ध रहेको, नेपालीहरु आफ्नो लगनशिलता र मेहनतले लुभेनको अभिन्न अङ्ग बनिसकेका छन भन्नु भयो ।
सबै राष्ट्रीय राजनैतिक दलको नजर नेपाली कम्युनिटीमा रहेकोले छ भन्दै रुदवानीले भन्नु भयो-  (भरउईत)पूर्व एसपेआ पार्टिबाट मेयर बनेको र त्यसैबाट फेरि ऊम्मेदवार बनेपनि “तपाईलाई जो राम्रो लाग्छ ,जस्ले राम्रो गरेको छ र गर्छ उसैलाई मतदान गर्न स्वबिवेक प्रयोग गर्नुहोस ।”

मेयरले नेपाली समुदायको मागपत्र ग्रहण गर्दै  अध्ययन ,छलफल र सहमतिबाट माग पुरा गर्न प्रतिबद्ध रहेको र आगामी अक्टोबरको स्थानीय निकायको निर्बाचनपूर्ब नै गर्न सकिने केही माग पुरा गर्न प्रयत्न गर्ने छु भन्नु भयो ।

रुद्वानिको पार्टिबाट नगर परिषद सदस्यमा नेपाली मुलका सुर्य ढकाल र सिडिएनभे पार्टीबाट कृष्ण सगुन क्षेत्री अक्टोबर १३ मा हुने निर्वाचनमा उम्मेद्वार रहेकाछन । दुबै जना बर्तमान नगर परिषद सदस्य हुन ।

Leave A Reply

Your email address will not be published.