प्रधानमन्त्री ओलीलाई बाबुरामको सुझाव

0

काठमाडौं, २१ कार्तिक । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आन्तरिक समस्या समाधान गर्न सरकारलाई सुझाव दिएका छन् । नागरिक अगुवाहरुलाई समेत लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका डाक्टर भट्टराईले मधेसमा देखिएको समस्या आन्तरिक भएकाले त्यसलाई समाधान गरेर भारतले लगाउँदै आएको नाकाबन्दी हटाउन पहल गर्न सुझाव दिएका हुन ।
उनले समस्या समाधानमा सरकार उदासिन देखिएको आरोप लगाउँदै यसले भविष्यमा विकराल रुप लिने चेतावनी पनि दिए । प्रधानमन्त्री ओलीसँग भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डाक्टर भट्टराईले नागरिकका तर्फबाट सरकारलाई झक्झकाउन बालुवाटार आएको बताए ।

Leave A Reply

Your email address will not be published.