मधेस आन्दोलनबारे संसदलाई जानकारी

0

काठमाडौं, २१ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका सम्पूर्ण विषयवस्तु व्यवस्थापिका–संसद्मा राख्ने भएको छ । तराई मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेर मुलुकलाई कठिन परिस्थितिमा पारेको आरोप मोर्चाले लगाउँदै आएको छ ।
संसद्को आइतबार बस्ने बैठकमा मधेस आन्दोलनको सम्पूर्ण विषयवस्तु राखेपछि माग पूरा गराउन दबाब दिन रोस्टम घेराउ गर्ने मोर्चा आबद्ध दलहरुबीच सहमति भएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
मोर्चामा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी र सद्भावना पार्टी आबद्ध छन् । यसअघि मोर्चा प्रधानमन्त्री निर्वाचनमा सहभागी भएको थियो भने त्यसपछिका कुनै पनि संसदीय प्रक्रियामा सहभागिता जनाएको थिएन ।

Leave A Reply

Your email address will not be published.