ड्रिम टीम युकेले जित्यो पाँच हजार युरो नगद पुरुस्कार भएको यो बर्षको “एन्तवेर्प गाईज फूटबल कप”

0

बेल्जियमको एन्तवेरपेन शहरमा प्रत्यैक बर्ष हुने एन्तवेर्प कप फुटबलको उपाधि ड्रिम टीम युके ( बेलायत ) ले जितेकोछ ।

अन्तवेर्प गाईज क्लबले आयोजना गरेको बेल्जियमको नेपाली समूदायले गर्ने खेल प्रतियोगितामा सबै भन्दा ठुलो रासिको पुरुस्कार भएको फूटबल प्रतियोगितामा बेलायतकै अर्को टीम ब्रिगेड ब्वाइज क्लब (बिबिसी) द्वितीय र नेदरल्यान्डको ड्रिम टिम त्रितीय भएकाछन ।

बिजेता टोलीलाई क्रमश पाँच हजार, दुई हजार पाँच सय र एक हजार युरो नगद पुरुस्कार, कप र मेडल प्रदान गरिएकोछ ।

बिजेताहरुलाई बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, क्लबका पदाधिकारीहरु दर्शन गुरुङ, सन्तोष पौडेल,शिव सिग्देल,अभिषेक गौचन लगायतले पुरुस्कार,मेडल सहित सम्मान गर्नुभएको थियो ।

बेल्जियम लगायत युरोपका बिभिन्न देशका १२ वटा फूटबल टिम सहभागि उक्त खेलमा एनएमएफसी माल्टा बेस्ट टीम, ड्रिम टिम युकेका कर्मा शेर्पा बेस्ट प्लेयर,निशान हमाल टप स्कोरर र बेस्ट डिफेन्डर तथा बिबिसी युकेका आयुश थापाले बेस्ट किपरको उपाधि जितेकाछन ।

बेल्जियमका लाइसेन्स प्राप्त रेफ्रीहरुले सँचालन गरेको खेलमा नेपालमा राष्ट्रिय प्रतियोगिता खेलि सकेका र युरोपका स्थानीय खेलमा खेलेका खेलाडिहरु सम्मिलित भएका टिम सहभागि बनेका थिए ।

पुरुस्कार बितरण समारोहको संचालन चन्द्र शर्माले गर्नु भएको थियो भने खेलको सहजिकरण नबिन नेपाल, कोभिड क्लब र एनएफसी दुर्नेका सदस्यहरुले गर्नु भएको थियो ।

सोमबार दिन भरि चलेको प्रतियोगितामा एन्टवेरपेन लगायत बेल्जियमका बिभिन्न शहरका खेलप्रेमी दर्शकको उपस्थिती रहेको थियो । नेपाली खाजा नास्ता र खेलमा रमाएका युबाहरुले सांझ स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुतीमा नाचगान गरेर खुशीयाली मनाएका थिए ।

Leave A Reply

Your email address will not be published.