डेनिस राजकुमार लमजुङमा

लमजुङ, ३१ भदौ । डेनमार्कका राजकुमार फ्रेडरिक चारदिने भ्रमणका लागि विहीबार लमजुङ आइपुगेका छन् । भूकम्पपछिको अवस्था अवलोकन गर्न डेनिस राजकुमार लमजुङ आएका हुन् । राजकुमारले शुक्रबार दुर्गम गाउँ पाचोकमा पुगेर भूकम्पपछिको अवस्था अवलोकन गर्ने…

यस्ता छन् संविधान जारी हुने प्रक्रिया

काठमाडौँ, ३१ भदौ । नेपालको संविधान, २०७२ मा ३०८ धारा, ३५ भाग, नौ अनुसुची रहने भएको छ । संविधानसभाले बुधबार गठन गरेको आनुषंगिक समितिले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आज बुझाएको प्रतिवेदनमा सो व्यवस्था उल्लेख छ । प्रमुख तीन राजनीतिक…

ओलीले ‘प्रश्नवाचन चिन्ह हटाइदिनुस्’ भनेपछि …

काठमाडौँ, ३१ भदौ । नयाँ संविधान जारी हुन दुई दिन बाँकी रहँदा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता ह्वात्तै बढेको छ । संविधानसभाबाट नेपालको संविधान, २०७२ लाई प्रमुख दलबीचको सहमतिबाट पारित गराउन निर्णायक भूमिका निर्वाह गर्ने…

‘अन्तराष्ट्रिय समुदायले संविधानको खुलेरै स्वागत गर्छ’

काठमाडौँ, ३१ भदौ । कुटनीतिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका पूर्वराजदूतहरुले सङ्घीयता, समावेशी र समानुपातिकका विषयमा उठेका आवाजलाई सम्वोधन गरेर तयार पारिएको नयाँ संविधानलाई छिमेकी र अन्तराष्ट्रिय समुदायले खुलेर स्वागत गर्ने विश्वास…

मुगुको भामवाडा गाँउ

मुगु जिल्लाको काकीवाडा गाविसमा पर्ने भामवाडा गाँउ पर्यटकको आकर्षणको केन्द्र रहेको छ । यहाँका परम्परागत ढङ्गले बनेका ४०५ घरधुरीमा २ हजार भन्दा बढी जनसङ्ख्या रहेका छन् ।

स्वचालित पेस्तोलसहित एक पक्राउ

लहान, ३१ भदौ । मोटरसाइकल चढेर सिरहातर्फ आउँदै गरेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने माडरबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजार जयनगरबाट मोटरसाइकल चढेर सिरहा आउँदै गरेको…

संविधान पारितसँगै निजी क्षेत्र उत्साहित

चितवन, ३१ भदौ । लामो समयको पर्खाइपछि नेपालमा संविधानसभाबाट संविधान पारित भएपछि आर्थिक समृद्धितर्फ मुलुक जाने भन्दै निजी क्षेत्र हर्षित भएको छ । स्थायी सरकार बन्ने र अन्तर्राष्ट्रिय जगत्मा नेपालको सकारात्मक सन्देश प्रवाह हुने भन्दै लगानीको…

अस्ट्रियामा मःम बेचेर भूकम्पपीडितलाई राहत

रत्ननगर, ३१ भदौ । अस्ट्रियामा मःम र समोसा बेचेर सङ्कलन गरेको रकमबाट एक परिवारले चितवनको विकट कविलासमा ५० भूकम्पपीडितलाई राहत उपलब्ध गराएको छ । अस्ट्रिया निवासी इलमार मुलरको नेतृत्वमा आएको एक टोलीले कविलास गाविसको चौकीडाँडामा पुगेर रु दुई…

नयाँ सरकार गठनको गृहकार्य

काठमाडौं, ३१ भदौ । नयाँ संविधान असोज ३ गते जारी हुने निश्चित भएसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । नयाँ सत्ता समीकरणका लागि एमालेले सक्रियता बढाएको हो । प्रमुख दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारको नेतृत्व एमालेले गर्ने जनाइएको छ…

प्रधानमन्त्रीले थरुहटसँग वार्ता गर्ने

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले थरुहट संघर्ष समितिसँग वार्ता गर्दैछन् । बिहीबार बिहान ९ बजे बालुवाटारमा दुई पक्षबीच वार्ता हुने भएको हो । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का प्रमुख सचेतक रामजनम चौधरीका अनुसार वार्ताका…