सभामुख र उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ, २७ असोज । व्यवस्थापिका–संसद्को सभामुख र उपसभामुखमा दलहरुबीच सहमति कायम हुन नसके यही असोज २९ गते शुक्रबार ती पदका लागि निर्वाचन हुने भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले…

काँग्रेसले राष्ट्रपतिलगायत मुख्य पदमा उम्मेदवारी दिने

काठमाडौं, २७ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अन्य राजनीतिक दलसँग छलफल गरेर आफ्नो पार्टीले राष्ट्रपतिलगायत अन्य मुख्य पदमा उम्मेदवारी दिने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले आज यहाँ आयोजना…

एनआरएन महाधिवेशन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं महाधिवेशन उद्घाटन समारोहका सहभागी । आज बुधबारबारेदेखि सुरु भएको महाधिवेशनले विहीबार नेतृत्व छनोट गर्नेछ ।

सभामुख तथा उपसभामुखद्वारा राजीनामा

संसद् सचिवालयद्वारा आयोजित कार्यक्रममा व्यवस्थापिका–संसद्का सभामुख नेम्बाङले उपसभामुख ओन्सरी र उपसभामुख ओन्सरीले सभामुख नेम्बाङसमक्ष आ–आफ्नो पदबाट दिनुभएको राजीनामा पेस गर्नुहुँदै ।

दसैँ मनाउन घर फर्कँदै

कञ्चनपुरको गड्डाचौकी नाकाबाट बुधबार दसैँ मनाउन घर फर्कँदै गरेका नेपालीहरु । यहाँबाट दैनिक २५ सय भन्दा बढी नेपालीहरु भारतका विभिन्न स्थानबाट फर्किरहेका छन ।

एमालेद्वारा विद्या भण्डारी राष्ट्रपतिमा प्रस्तावित

काठमाडौं, २७ असोज । सत्ता साझेदार नेकपा एमाले र एमाओवादी तथा नेपाली कांग्रेस तीनै दलले भाबी राष्ट्रपतिमा आआफ्नो दाबी प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीको चयनपछि नयाँ राष्ट्रपतिमा दलहरूको ध्यान केन्द्रित भएका बेला एमाले र एमाओवादीले…

एमाओवादीलाई सभामुखसहित आठ मन्त्रालय

काठमाडौं, २७ असोज । राष्ट्रपति, सभामुखलगायत तथा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी वितरणका विषयमा प्रमुख सत्तारूढ दल नेकपा (एमाले) र एनेकपा(माओवादी)का शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्रीमा आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओली…

बडा दसैंको आज दोस्रो दिन

काठमाडौं, २७ असोज । बडा दसैंको दोस्रो दिन बुधबार(आज) शक्तिस्वरुपा ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै छ । मंगलबार घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिएको स्थानमा आज ब्रह्मचारिणी देवीको पूजा आराधना गर्ने गरिन्छ ।…

भागवण्डा मिलाउन ओलीलाई हम्मे

काठमाडौं, २६ असोज । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने राजनीतिक दलहरूबीच मन्त्रालय बाँडफाँट हुन नसक्दा एउटै मन्त्रालयमा दुईभन्दा बढी दलको दाबी देखिएको छ। एमाले, एमाओवादी, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम…

एनआरएनले पुनःनिर्माणलाई प्राथमिकता दिने

काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को सातौँ अधिवेशन तथा विश्व सम्मेलन आगामी असोज २७ देखि ३० सम्म काठमाडौँमा हुने भएको छ । उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । एनआरएनको नयाँ…