सभामुख र उपसभामुखको निर्वाचन शुक्रबार हुने

0

काठमाडौँ, २७ असोज । व्यवस्थापिका–संसद्को सभामुख र उपसभामुखमा दलहरुबीच सहमति कायम हुन नसके यही असोज २९ गते शुक्रबार ती पदका लागि निर्वाचन हुने भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले निर्वाचनबारे बैठकलाई जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाएर प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।
सभामुख र उपसभामुखका लागि दलहरुबीच सहमति कायम गर्न भोलि बिहीबार ३ बजेसम्मको समय प्रदान गरिएको छ । सहमति हुन नसकेको खण्डमा असोज २९ गते दिउँसो ३ बजे सभामुखको र सोही दिन अपराह्न ५ बजे उपसभामुखको निर्वाचन गराइने जानकारी राजवंशीले दिनुभयो । प्रमुख राजनीतिक दलबीच संविधान जारी गर्ने सन्दर्भमा भएको सहमतिलाई नयाँ संविधानले अनुमोदन गरेपछि सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो ।
नयाँ संविधान जारी भएको २० दिनभित्रै सभामुख र उपसभामुखको निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । निर्वाचन कार्यक्रम संसद् सचिवालयले आजै तय गर्नेछ । नयाँ सभामुख र उपसभामुखको निर्वाचन र चयन प्रक्रियाका लागि बहालवाला सभामुख र उपसभामुखबाट राजीनामा दिने काम आजै भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.