फ्रान्सको पेरीसमा विध्वङ्सकारी आक्रमण, १२० भन्दा वढीको मृत्यु, राष्ट्रिय शंकट घोषणा
चारदिशा सम्वाददाता, पेरीस।
फ्रान्सको राजधानि पेरीसमा शुक्रवार राति भएका श्रृङ्खलावद्ध आतङ्ककारी हमलाहरुमा १४० भन्दा वढीको मृत्यु भएको छ। शुक्रवार व्यस्त रहने राजधानिको सात विभिन्न स्थानहरुमा विस्फोटन तथा स्वचालित हतियारको प्रयोग गर्दै…
काँग्रेसले मध्यस्थताको भूमिका खेल्ने
काठमाडौँ, २५ कात्तिक । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफ्नो पार्टीले अहिलेको गतिरोध तोड्न मध्यस्थकर्ताको भूमिका खेल्ने बताउनुभएको छ । रिपार्टर्स क्लबले आज बिहान गरेको देउसी भैलो कार्यक्रममा बोल्दै उहाँले सहमति, सहकार्यबाट…
नाकाबन्दीप्रति राष्ट्र सङ्घको चासो
काठमाडौँ, २५ कात्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव वान की मुनले भूपरिष्वेष्टित मुुलुकका हैसियतले मात्र नभै मानवीय कारणले पनि नेपालले निर्वाध पारवहन सुविधा पाउनुपर्ने बताउनुभएको छ । बुधवार नेपालको अवस्थाको बारेमा सोधिएको प्रश्नमा महासचिव…
आज लक्ष्मी पूजा
काठमाडौं, कार्तिक २५ । यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा, आराधना गरिंदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका…
मधेसका माग सम्बोधन गर्न राप्रपाको माग
काठमाडौं, २५ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन गरेरै भए पनि मधेसका जायज माग सम्बोधन गर्न माग गरेको छ । सो पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले एक विज्ञप्ति प्रकाशित गरी मधेस आन्दोलनकै प्रभावले मुलुकको आपूर्ति व्यवस्था…
उद्घाटन -उपराष्ट्रपति
का.म.न.पा तथा जलेश्वर स्वच्छन्द विकोई प्रा.लि वीच भएको सार्वजनीक निजि साझेदारी अवधारणा अन्तर्गत पुरानो वसपार्कमा निर्माण हुन लागेको काठमाडौं टावरको कार्यक्रमको पानसमा वत्तिवालेर उद्घाटन गर्नु हुदै उपराष्ट्रपति नन्दबहादुर पुन ।
अभिवादन गर्नुहुदै
महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्तीको अवसरमा मोर्डन कन्या मल्टिपल कलेजद्वारा आज यहा आयोजित बृदह कविता वाचन कार्यक्रममा देवकोटाको तस्विरमा माल्र्यापण गरी अभिवादन गर्नुहुदै वरिष्ट साहित्यकार तुलसी दिवस ।
‘म्यूजिकल नाइट
नेपाल सम्वत् ११३६ तथा शुभ दीपवालीका अवसरमा मध्यपुर क्रेटर्सद्वारा मध्यपुर थिमि, चपाचोमा आयोजित ‘म्यूजिकल नाइट–२०७२’ मा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै कुटुम्बका टोली ।
जिप दुर्घटना, बेपत्ता खोज्न प्रहरी परिचालन
भीमदत्तनगर, २५ कात्तिक । दार्चुलामा भएको जिप दुर्घटनामा बेपत्ता रहेका चारजनाको खोजीकार्यमा व्यापक प्रहरी परिचालन गरिएको छ । मङ्गलबार दार्चुलाको धापबाट सदरमुकाम खलङ्गा आउँदै गरेको म१ज १४० नंको जिप अपिनगरपालिका–१५ छट्टेबगड भन्ने ठाउँबाट…
पत्रकार शक्ति लम्सालको निधन
काठमाडौं, २५ कार्तिक । वरिष्ठ पत्रकार शक्ति लम्सालको निधन भएको छ । ७९ वर्षका लम्सालको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार राति निधन भएको हो । गत विहीबार स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएका लम्साल लामो…