काँग्रेसले मध्यस्थताको भूमिका खेल्ने

0

काठमाडौँ, २५ कात्तिक । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफ्नो पार्टीले अहिलेको गतिरोध तोड्न मध्यस्थकर्ताको भूमिका खेल्ने बताउनुभएको छ । रिपार्टर्स क्लबले आज बिहान गरेको देउसी भैलो कार्यक्रममा बोल्दै उहाँले सहमति, सहकार्यबाट मुलुकलाई अगाडि लैजानपर्ने बताउनुभयो ।
उपसभापति पौडेलले सरकारी वार्ता टोलीमा नबस्दैमा काँग्रेस पछाडि हट्यो भन्न नमिल्ने बताउनुभयो । काँग्रेसले संविधान संशोधन प्रस्ताव संसद्मा पेस गरिसकेकाले मधेसका जायज मागलाई संविधान संशोधन गरेर भएपनि सुल्झाउनुपर्ने उहाँको भनाइ थियो । पार्टीका कार्यवाहक सभापतिसमेत रहनुभएका पौडेलले काँग्रेसले २००७ सालमा मधेसबाट क्रान्ति गरेको स्मरण गर्दै आफूले मधेसी दलसँग छलफल गर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.