पत्रकार शक्ति लम्सालको निधन

0

काठमाडौं, २५ कार्तिक । वरिष्ठ पत्रकार शक्ति लम्सालको निधन भएको छ । ७९ वर्षका लम्सालको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार राति निधन भएको हो । गत विहीबार स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएका लम्साल लामो समयदेखि नसा सम्वन्धी रोगबाट पनि पीडित थिए । चाबहिल काठमाडौंमा घर भएका लम्साल नेपालको वामपन्थी राजनीति, पत्रकारिता र प्रगतिवादी समालोचनाका क्षेत्रमा स्थापित व्यक्तित्व मानिन्छन् । लम्सालले थुप्रै पत्रिकाको सम्पादन गरेका थिए । लम्सालले साहित्यमा विशेषतः समालोचना विधामा कलम चलाएका छन् । उनलाई सरकारले राष्ट्रिय पत्रकारिता पुरस्कारबाट समेत सम्मानित गरेको थियो ।

Leave A Reply

Your email address will not be published.