एनआरएनए बेल्जियमको एकताले पायो औपचारिकता,

0

लुभेन बेल्जियम , विगत एक वर्षदेखि अलग–अलग गतिविधि सञ्चालन गर्दै आएका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बेल्जियमका दुई समूहबीच औपचारिक एकता भएको छ। गत आइतबार सम्पन्न संयुक्त बैठकले आगामी दिनमा नेपाली समुदायलाई एकताबद्ध गर्दै साझा रूपमा अगाडि बढ्ने निर्णय गरेको हो।

बैठकले आगामी अक्टोबर ११ सम्मका लागि कमल पन्थीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ। उक्त निर्णय केही दिनअघि गैरआवासीय नेपाली सङ्घको केन्द्रीय नेतृत्वको रोहवरमा भएको सहमतिअनुसार गरिएको बताइएकोछ।

सहमतिअनुसार आगामी अक्टोबरसम्म पन्थीले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्नेछन् भने त्यसपछि लोकेन्द्र नेपालले अध्यक्षको रूपमा बाँकी कार्यकाल पूरा गर्नेछन्। त्यसपश्चात् वर्तमान कार्यकारी अध्यक्ष पन्थीलाई संस्थाले निवर्तमान अध्यक्षको रूपमा मान्यता दिनेछ।

आइसीसी सदस्यमा सावित्रा गिरी र किशन केसी दुवै जनालाई केन्द्रले निर्बाचित र मनोनित गरि मान्यता दिने भएकोछ।

एकता प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न पदहरूमा दुवै पक्षका प्रतिनिधिहरूलाई जिम्मेवारी बाँडफाँट गरिएको छ। सोअनुसार हालका महासचिव रमेश दाहाललाई उपाध्यक्षमा मनोनयन गरिएको छ भने दीपक राउतलाई बाँकी कार्यकालका लागि महासचिवको जिम्मेवारी दिइएको छ। सावित्री सुबेदीको प्रस्ताबमा महिला उपाध्यक्ष ईश्वरा शर्मा चयन हुनुभएको ।

त्यसैगरी, सुमित्रा पाण्डे घिमिरेलाई महिला संयोजक, सरिता धमलालाई सचिव, सबिन न्यौपानेलाई कोषाध्यक्षको रुपमा जिम्मेवारी दिदै सुरज खरेललाई सचिब पदमा चयन गरिएकोछ। युवा संयोजकको जिम्मेवारी बिनेश थापालाई प्रदान गरिएकोछ भने दिवस ढकाल कार्यसमिति सदस्यमा मनोनित हुनुभएकोछ।

बैठकमार्फत गैरआवासीय नेपाली सङ्घ बेल्जियमका दुई समितिहरूबीच भएको एकताको औपचारिक घोषणा गरिएको थियो।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष रामशरण शिम्खडा, लोक दाहाल, उपमहसचिब अनुजा प्रधान, लगायत बिशेष अतिथिहरुको उपस्थिति रहेको थियो। साथै बेल्जियममा सक्रिय दुवै समूहका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेतृत्व तहमा भएको सहमतिसँगै बेल्जियमस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएकोछ। एनसिसि बेल्जियमले जुलाईको अन्त्यमा नेपाल नेपाल फेस्टिबलको आयोजना गर्ने भएकोछ भने सेप्टेम्बरमा संस्थाको साधरण शभा गरि बिधान सहित अन्य कुराहरुलाई एकताको म्यान्डेड अनुसार मिलाउने निर्णय गरेकोछ।

 

Leave A Reply

Your email address will not be published.